रिपोर्टर्स क्लब सुर्खेतमा विक

सुर्खेत : रिपोर्टर्स क्लब नेपाल जिल्ला कार्यसमिति सुर्खेतको अध्यक्षमा जगतदल जनाला विक चयन भएका छन् । मंगलवार विकको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा रमा केसी, सचिवमा हृदय रिमाल, सह–सचिवमा विष्णु सापकोटा र कोषाध्यक्षमा पूर्णबहादुर खड्का चयन भएका छन् । यस्तै सदस्यहरूमा दिनेश बुढा, चेतनारायण पाण्डे, बसन्त भण्डारी चयन भएका छन् भने एकजना महिला सदस्यलाई कार्यसमितिले मनोनयन गर्नेछ ।

क्लबका कर्णाली प्रदेश सभापति लङ्क धमालाले नवगठित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै रिपोर्टर्स क्लब नेपालले गाउँ–गाउँमा पुगेर आम नागरिकका आवाज बुलन्द पार्ने गरी काम गर्न आग्रह गरे । उनले आगामी दिनमा रिपोर्टर्स क्लब जिल्ला समिति सुर्खेत देशकै नमुना बन्नुपर्ने धारणा समेत राखेका थिए । यस्तै प्रदेश महासचिव सुशील खड्काले जनताका आवाज उजागर गर्न क्लबले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रकाशित मितिः   ११ मंसिर २०७६, बुधबार ०९:२३