दुर्व्यसनविरुद्ध सचेतना
सुखेत : चन्द्रनगर युवा क्लबले विद्यालयमा लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १० को वडा कार्यालयको आर्थिक सहयोगमा क्लबले सचेतना कार्यक्रम आयोजना गरेको हो । विद्यार्थीहरूलाई लागुऔषधको असरका विषयमा जानकारी दिइ दुव्र्यसनमुक्त समाज निर्माणको लागि यस्तो कार्यक्रमको आयोजना गरिएको क्लबले जनाएको छ । टोल विकास संस्थाका पदाधिकारी, विद्यार्थीहरूलाई अभिमुखीकरण गरिएको हो । टोल विकास संस्थाका पदाधिकारीहरू तथा विद्यालयका बालबालिकाहरूका लागि अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा सहजीकरण गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले विद्यार्थी उमेरमा साथीहरूको गलत संगतमा फस्ने सम्भावना रहेको भन्दै अभिभावकहरू यसतर्फ सचेत हुनुपर्ने बताए । उनले हरेक विद्यालयहरूमा यस्ता सचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा लानुपर्नेमा जोड दिए । लागुपदार्थ दुव्र्यसनीले समाजमा नकारात्मक असर पार्ने बताए ।
प्रकाशित मितिः ५ मंसिर २०७६, बिहीबार ०८:३५
साझा बिसौनी ।