कालिकाको अध्यक्षमा शर्मा

सुर्खेत : कालिका बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर–५ चिसापानीको अध्यक्षमा मणिराम शर्मा चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न १३औं वार्षिक साधारणसभाले शर्माको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भुपेन्द्रप्रसाद तिवारी, सचिवमा रुविका केसी र कोषाध्यक्षमा दुर्गा कँडेल दहाल चयन भएका छन् । यस्तै सदस्यहरूमा लक्ष्मीप्रसाद सापकोटा, नन्दा चपाईं तिवारी, हरिलाल पङ्गाली, देवप्रसाद तिवारी र लिलाराम गौतम रहेका छन् । लेखा समितिको संयोजकमा लक्ष्मीप्रसाद भण्डारी र सदस्यहरूमा खुमलाल आचार्य र यमुना लम्साल छन् ।

प्रकाशित मितिः   १ मंसिर २०७६, आईतवार ०७:५४