अर्गानिकमा आकर्षण

डोल्पा :
डोल्पाको कोशेली घरमा अर्गानिक उत्पादन किन्नेको संख्या बढ्दो छ । त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत पर्ने त्रिपुराकोट बगरमा सञ्चालित कोसेली घरमा जिल्लामै उत्पादन गरिएका अर्गानिक खाद्य बस्तु तथा हातले बुनेका कपडाजन्य बस्तु किन्न पाइने भएपछि ग्राहकहरूको संख्या बढेको हो । त्रिपुरा महिला सहकारी संस्थाद्वारा सञ्चालनमा ल्याइएको उक्त कोशेली घरमा खाद्यबस्तुमा दाँते ओखर,फापरको पिठो, घोडामच्चा, जिम्बु, चिनोको चामल, लोकल सिमि, स्याउका चाना, कागुनाको चामल, घिउ लगायतका खाद्यबस्तुहरू किन्न पाइन्छ ।

प्रकाशित मितिः   २६ कार्तिक २०७६, मंगलवार ०८:५५