आठ सदस्य मनोनित
सुर्खेत : नेपाल तरुण दल सुर्खेतले आठ जना सदस्यहरू मनोनित गरेको छ । बिहीवार जिल्ला कार्यसमितिमा आठ जना सदस्य मनोनित गरिएको तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिए । मनोनित सदस्यहरूमा पञ्चपुरी नगरपालिका–११ का बलबहादुर विष्ट, बराहताल–५ का लक्ष्मी पुन, वीरेन्द्रनगर–११ का नवराज ढकाल, वीरेन्द्रनगर–१ का विनोद गिरी, गुर्भाकोट–९ का नविन सुनार रहेका छन् । यस्तै वीरेन्द्रनगर–६ का जनकबहादुर थापा, लेकवेशी–८ का डम्मरबहादुर तिवारी र सिम्ता गाउँपालिका–४ का निलकण्ठ मल्ल रहेका विष्टले जानकारी दिए । विष्टका अनुसार नेपाल तरुण दल जिल्ला कार्यसमिति सुर्खेतमा आठ सदस्य मनोनित भएपछि १७ सदस्यीय कार्यसमिति भएको छ । यस्तै विधानअनुसार जिल्ला उपाध्यक्ष र सह–सचिवसहित आठ सदस्य अझै मनोनित गर्न बाँकी रहेको विष्टले बताए ।
प्रकाशित मितिः २२ कार्तिक २०७६, शुक्रबार ०८:२४
साझा बिसौनी ।