आचरण सुधार्न मुख्यमन्त्रीको निर्देशन

कालिकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कम्युनिष्ट कार्यकर्ताहरूले आर्जन गरेको ज्ञान व्यवहारमा लागु नगरे समाजवाद निर्माण गर्न नसकिने बताएका छन् । नेकपा खाडाचक्र नगर कमिटीको आयोजनामा शनिवार सदरमुकाम मान्मामा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपाको कालिकोट जिल्ला ईन्चार्ज समेत रहेका उनले कम्युनिष्ट कार्यकर्ताहरूमा सिद्धान्त र व्यवहारबीच फरक हुन नहुनेमा जोड दिए ।

‘ज्ञान र सिद्धान्त अरूलाई सिकाउने कुरा मात्रै हो, आफूले लागु नगर्दा पनि हुन्छ भन्ने सोच हावी भईरहेको छ’ मुख्यमन्त्री शाहीले भने, ‘आफुले आर्जन गरेको ज्ञान आफ्नो जीवनव्यवहारमा लागु नगर्ने व्यक्ति कम्युनिष्ट हुनै सक्दैन ।’

प्रकाशित मितिः   १० कार्तिक २०७६, आईतवार ०८:१९