‘बजार सुधार्न हातेमालो आवश्यक’

सुर्खेत : प्रभावकारी बजार अनुगमनमार्फत बजार सुधार गर्ने अभियानमा सुर्खेतका सरोकारवालाले ऐक्यवद्धता जनाएका छन् । पछिल्लो समय चाडपर्व लक्षित बजार अनुगमनलाई चिर्दै प्रत्येक हप्ता नै अनुगमन गर्नु पर्नेमा सरोकारवालाले एक्यवद्धता जनाएका हुन् ।

बागेश्वरी असल शासन क्लब (बास) सुर्खेत शाखाले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको प्रभावकारी बजार अनुगमनमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रियामा सहभागीले सबै निकाय जुटे बजार सुधार्न समय नलाग्नेतर्फ जोड दिएका छन् । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माले बजारको अवस्था नाजुक भएको भन्दै अब गल्ती गर्ने कसैलाई पनि प्रशासनले नछाड्ने चेतावनी दिए ।

‘उपभोक्ताको आ“खामा छारो हालेका छन् व्यापारीले’ उनले भने, ‘कसुर गर्ने जो कोहीलाई अब छुट दिईने छैन, उपभोक्ताको जीवनप्रति हामी सचेत छौ“ ।’ प्रशासकीय अधिकृत शर्माले स्थानीय तहले पनि ऐन बनाउने मात्र नभई अनुगमन पनि गर्नु पर्नेमा जोड दिए । ‘स्थानीय तहले बजार अनुगमन सम्बन्धी ऐन बनाउ“छ भने अनुगमन पनि त गर्नु प¥यो’ उनले भने, ‘सम्बन्धित निकाय नै प्रशासनकै भर परिरहेका छन् ।’ साथै उनले बजार अनुगमन निरिक्षकको व्यवस्था गरी नगरपालिकाले साप्ताहिक रूपमा अनुगमन गर्नु पर्ने सुझाव पनि दिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले पछिल्लो समय बजार अनुगमनलाई तीव्रता दिइएको बताए । कार्यालयले गुणस्तरहीन खाद्य सामग्री बेची उपभोक्तालाई ठगी गरिरहेकालाई कारवाहीको दायरामा ल्याइएको पनि जनाए ।

‘पहिलोपटक गल्ती गर्नेलाई सचेत गराउ“छौं’ उनले भने, ‘पटक–पटक गल्ती गर्नेलाई छुट दिइदैन ।’ वीरेन्द्रनगर नगरपालिकाका वातावरण तथा विपद् अनुगमन उपशाखाका प्रमुख यामलाल गिरीले नगरपालिकाले बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ताहित संरक्षण सम्बन्धी ऐन जारी गरेर काम थालेको जानकारी दिए । ‘बजार सुधारतर्फ नगरपालिका गम्भीर छ’ उनले भने, ‘ऐनबमोजिम तीव्र गतिमा नगरपालिकाले काम गर्नेछ ।’ नागरिक सरोकार संघ सुर्खेतका अध्यक्ष पिताम्बर ढकालले हाल विभिन्न निकायबाट भइरहेको बजार अनुगमनले तीव्रता पाए आगामी दिनमा सुधारोन्मुख बजार देख्न पाइने विश्वास व्यक्त गरे । उनले वडामा रहेका खुद्रा पसलको पनि दर्ता प्रक्रिया अगाडि बढाउनु पर्ने सुझाव दिए । साथै अध्यक्ष ढकालले हाल चाडपर्वको अवसरमा संचालित सुपथ मुल्य पसलमा उपभोक्तालाई लाईन लागेर सामग्री लि“दा धरपकडकै अवस्था आइलागेको भन्दै त्यसलाई व्यवस्थित गर्न पनि आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा वयकले कडा कानुन बनाइ कार्यान्वयन गर्ने तर्फ सम्बन्धित निकाय गम्भीर हुनु पर्नेमा जोड दिए । उनले दर्ता पछि पनि नविकरण नभइ सञ्चालन भईरहेको धेरै पसल भएको भन्दै यसतर्फ पनि ध्यान दिनुपर्ने बताए । बासका केन्द्रिय अध्यक्ष रमेश सिटौलाले स्थानीय तहले अनुगमन समिति बनाइ काम गरे÷नगरेको बारे खबरदारी गर्ने बेला आएको धारणा राखे ।

प्रकाशित मितिः   ९ कार्तिक २०७६, शनिबार ०९:१३