चार हजार बालिकालाई सचेतना

दैलेख : बालिकाको प्रतिरोधात्मक क्षमता, यौनजन्य घटनाको पहिचान गर्न सक्ने क्षमता बृद्धि र यौनजन्य हिंसाबाट जोगाउने उद्देश्यले दैलेखबाट थालिएको बालिका बचाउ अभियानले २६ वटा माध्यमिक विद्यालयका बालिकाहरूलाई प्रशिक्षण दिएको छ । दैलेख, सुर्खेत र जाजरकोट जिल्लाका विद्यालय तथा समुदाय स्तरमा प्रशिक्षण दिइएको हो । एक वर्षदेखि सञ्चालन भईरहेको अभियानले तीन जिल्लाका चार हजार एक सय ७७ बालिकालाई प्रशिक्षण दिइएको जनाइएको छ ।

जिल्लाका युवाहरूले स्ंवयमसेवक रूपमा शुरू गरेको अभियानको प्रथम वार्षिक समिक्षा कार्यक्रमका अवसरमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । ‘यौन दुव्र्यवहार र बलात्कारविरुद्ध ऐक्यवद्धता, बालिका बचाउन हाम्रो प्रतिबद्धता’ भन्ने मुल नारासहित सञ्चालन भइरहेको समीक्षा कार्यक्रममा प्रतिनिधिसभाका सांसद पार्वतीकुमारी बिसुन्केले ‘बालिका बचाउ अभियानले महिला हिंसा, छाउपडीप्रथा, जातीय विभेद लगायतका सवाल सँगसँगै अगाडि बढाउन सुझाव दिइन् । उनले स्थानीय सरकारले भौतिक विकाससँगै सामाजिक सचेतना जगाउन यस्ता स्वयमसेवी समूहलाई परिचालन गर्न आग्रह गरिन् ।

महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले स्थानीय सरकारले गर्ने सचेतनाको काममा बालिका बचाउ अभियानले सघाएकोले आफूहरूले सहयोग गर्ने प्रतिवद्धता जनाए । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले पवित्र भावनाले अभियान प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । नारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष प्रकाश न्यौपानेले अभियानलाई स्थानीय सरकारबाट सहयोग हुने बताए । प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले प्रहरीको आफ्नै दायिŒवलाई सघाएको भन्दै अभियानलाई धन्यवाद दिए ।

गैसस महासंघका जिल्ला अध्यक्ष महारूप खत्रीले बिना स्रोत पनि काम गर्न सकिन्छ भन्ने अभियानले देखाएको औल्याए । बालिका बचाउ अभियानका संयोजक सजना सुनारले अभियानलाई स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताइन् । ‘हामी आफ्नो सिप, समय लगानी गर्छौ’, उनले भनिन् ।

प्रकाशित मितिः   ४ कार्तिक २०७६, सोमबार ०९:३६