‘किताब बोकेरै गोठाला जान्थ्यौँ’
लिलाराम ढुङ्गाना राष्ट्रिय वाणिज्य बैँक सुर्खेत शाखाका प्रबन्धक हुन् । वि.सं. २०४० पुस २८ गते बुवा टिकाराम ढुङ्गाना र आमा चन्द्रा ढुङ्गानाको सन्तानका रुपमा वीरेन्द्रनगर नगरपालिका वडा नं ५ कालिकामन्दिर टोलमा जन्मिएका हुन् । वीरेन्द्रनगरको कालुङ्चोकमा स्थायी बसोबास भएका ढुङ्गाना २०६९ सालमा सहायक प्रबन्धकका रूपमा राष्ट्रिय वाणिज्य बैँकमा प्रवेश गरेका थिए । उनले करिब तीन बर्ष तत्तकालिन बहुमुखी क्याम्पस सुर्खेतमा अध्यापन समेत गराए । हालै वाणिज्य बैंकको सुर्खेत शाखा प्रबन्धक भएर आएका ढुंगानाले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटे ः
बाल्यकाल समान्यतया सबैलाई रमाइलो लाग्छ । साथीभाइहरूसँग खेल्ने, रमाउने र अहिलेको जस्तो जिम्मेवारी त्यति नहुने भएकाले पनि रमाइलो हुन्छ । अरूकोजस्तै मेरो पनि पढाईसँगसँगै साथीहरूसँग खेलेर नै बाल्यकाल बित्यो । मैले प्राथमिक तह पदमलिला प्राथमिक विद्यालयमा पढेँ । निम्नमाध्यमिक तह श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा र एसएलसी जन माध्यमिक विद्यालयबाट गरेँ ।
म बाल्यकालमा शान्त र गम्भिर स्वभावको थिएँ । साथीभाइहरूसँग मिल्ने गर्थेँ । खेलकुदमा भने फुटबलमा रूचि थियो । फुटबल म राम्रो खेल्थँे । अहिले धेरै खेलहरू छन् । पुरानो मोजामा कपडा हालेर बल बनाएर खेल्ने गथ्र्यौँ । विद्यार्थी जीवन रमाइलो नै हुन्थ्यो । विद्यालयमा अलिअलि मात्रमा अतिरिक्त क्रियाकलापमा सहभागि हुन्थे । स्काउटमा आवद्ध भएर हामी विभिन्न सामाजिक क्रियाकलापमा पनि सहभागि हुन्थ्यौं । अहिलेको समयमा बालबालिका विभिन्न क्लब र विद्यालय मार्फत पनि समाजिक कार्यमा धेरै सहभागि हुन्छन् । हामीले यस्तो अवसर हाम्रो बाल्यकालमा पाएनौँ । घरमा गाइवस्तु भएकाले पनि हामी घाँसदाउरा, गोठाला जानुपर्ने हुन्थ्यो । अहिलेको तुलनामा बाल्यकाल रमाइलोको साथसाथै अभावमा पनि बित्यो । बुवाको सामान्य जागिर थियो । खेतबारी लगाउने र बुबाको जागिर आम्दानीको स्रोत हो । खेतबारीमा पनि काम गर्नुपथ्र्यो ।
बाल्यकालमा कहिलेकाहीँ बदमासी पनि गरियो । तर ठूलै बदमासी भने गरिएन । गाउँघरमा काँक्रा चोरेर खाने काम भने हुन्थ्यो । साथीहरूसँगको संगतले आफ्ना बारीका काँक्रा पनि चोर्ने र साथीहरूका बारीका काँक्रा पनि चोरेर खाने काम हुन्थ्यो । त्यसबेलामा बारीमा काँक्रा धेरै फल्थे । हामीले करेसाबारीमा पनि काँक्रा लगाइहाल्थ्यांै । अहिले त्यसरी काँक्रा फलेको देख्न पाइँदैन । जहाँ लगाए पनि काँक्रा फल्थे । रातिको समयमा काँक्रा चोरेर खान बेग्लै मजा आउँथ्यो ।
सानो उमेरमा खेलेर नै समय जान्थ्यो । उमेर बढ्दै गएपछि म पढाईमा गम्भिर नै थिएँ । सानोमा छुट्टै सपना नभएपनि पढेर जागिर खानुपर्छ भन्ने मेरो सोचाई थियो । पहिले सबैमा जागिर नै खानुपर्छ भन्ने मानसिकता थियो । पढाईमा म राम्रै विद्यार्थी थिएँ । मैले पढाईलाई सुधार गर्दै लिएँ र अहिले बैकिङ्ग करिअरमा सफल छु भन्ने लाग्छ । बुवाआमाले पढाईमा जोड दिनुहुन्थ्यो । त्यसबेलामा त्यति शिक्षित समाज थिएन । ठूलोले सानोलाई पढ् मात्र भन्ने हो । सानो छँदा बुबाले कालो बोर्डमा खरीले लेखेर अक्षर चिनाउनु भएको सम्झना छ । हामीलाई पनि खरीले बोर्डमा लेख्न सिकाउनुहुन्थ्यो । घरघरमा विधुतको पहुँच थिएन । मट्टीतेलबाट बत्ति बाल्ने गथ्र्यौं । कक्षा पाँच,छ पढ्ने भएपछि मात्र हामीले घरमा बत्ति बाल्न पाएका थियौँ ।
बिहान–साँझ प्रायः बाख्रा चराउन जानुपर्ने हुन्थ्यो । किताबकपि बोकेर हामी गोठाला जान्थ्याँै । बाख्रा चथर्,े हामी शिक्षकले दिएको होमवर्क गथ्यौंँ । साँझ होमवर्क सकेर बाख्रा ल्याएर घर फर्किथ्यौँ ।
बाल्यकालमा चाडपर्व अझ रमाइलो लाग्थ्यो । त्यसबेलामा नयाँ कपडा लगाउन पाइने भएकाले पनि चाडपर्व बिशेष रमाइलो लाग्ने गर्थे । नयाँ कपडा किन्ने भनेकै चाडपर्वमा मात्र हुन्थ्यो । अहिले हामी आफ्ना बालबच्चालाई कपडाहरू किनिरहन्छौँ । विद्यालयमै कति जोड पोशाक हुन्छ । बुवा–आमाले हामीलाई विद्यालयको पोशाक समेत चाडपर्वमा किनिदिनु हुन्थ्यो । हामीलाई त कहिले चाडपर्वमा विद्यालयका पोशाक कहिले दशैँ आउँला अनि नयाँ कपडा लगाउन पाइन्छ अनि मामाको घरमा गएर कति पैसा पाइछ भन्ने हुन्थ्यो । त्यस समयमा वीरेन्द्रनगरमा ठूलो वस्ती पनि थिएन । विस्तारै वस्ती बाक्लो हुँदै थियो । हामी देउसी भैली खेल्न इत्रामको गाउँसम्म जान्थ्यौं । देउसी भैली खेलेको पैसाले साथी–साथीबिच बाँड्ने र वनभोज खान जान्थ्यौँ । त्यसबेलामा वनभोज खान जान बेग्लै रमाइलो हुन्थ्यो । घरबाट दालचामल, नुन तेल, भाडाहरू आफै लिएर जान्थ्यौँ । जंगलमा गएर आफै पकाउने खाने, नाँच्ने रमाउने गथ्यौं । साँझ पनि घर फर्किदा नाँच्दै आउँथ्यौँ । अहिले पैसा उठाएपछि सबै चिज रेडिमेट पनि पाइन्छ । त्यस बेलामा छुट्टै रौनक हुन्थ्यो ।
गाउँमा एक–दुई वटा सार्वजनिक धारा हुन्थे । पानी लिन प्रायः हामी केटा–केटी नै जाने हुन्थ्यो । दुई घण्टासम्म लामो लाइनमा बसेर पानी भर्नुपर्ने हुन्थ्यो । पानीकै लागि कहिलेकाहीँ साथीहरूसँग झगडा हुन्थ्यो । अहिले ति दिनहरू सम्झदा रमाइलो लाग्छ । बाल्यकालमा हामीलाई नैतिक शिक्षामा जोड दिइन्थ्यो । घरमा बुबा–आमाले गतल बाटो लाग्नु हुँदैन भनेर भनिरहनु हुन्थ्यो । कक्षा १० सम्म नैतिक शिक्षा भन्ने पाठ नै पढाई हुन्थ्यो । त्यसले गर्दा बाल्यकालमा गलत बाटोमा ध्यान गएन भन्ने लाग्छ । अहिलेको बालबालिका हेर्ने हो भने त्यस बेलाको हाम्रो बालयकाल अभाव नै हो । पैसाको महŒव हुन्थ्यो । हामीले पैसा नै पाउँथेनौं । अहिलेका बालबालिका कुलतमा फस्नु र गलत बाटोमा हिड्नु एउटा नैतिक शिक्षाको कमि हो जस्तो लाग्छ । अहिले प्रविधिको विकासले बढी देखासिखि गर्ने चलन छ । यसले पनि बालबालिकामा ठूलो असर पु¥याएको छ । अभिभावकहरू व्यस्त हुनुहुन्छ । छोराछोरीलाई धेरै समय दिन व्यस्त जीवनशैलीले गर्दा चाहेर पनि नसकिएको हुन्छ । छोराछोरीलाई कति समय दिने भनेर अभिभावक सचेत हुन आवश्यक छ र विद्यालय स्तरमा नैतिक शिक्षाको पाठ्यक्रम लागु गर्नुपर्छ ।
मैले एसएलसी पास गरेपछि स्नातक तहसम्म सुर्खेतमै पढेँ । त्यसपछि स्नातकोत्तर पढ्न काठमाण्डांै नै गए । पढाईसँगै जागिरको तयारी पनि गरे । काठमाडौं मै प्राइभेट बैँकमा नाम निस्कियो । बैँकले लमजुङ पठायो । मलाई त्यहाँ जान मन लागेन । पछि २०६६ सालमा सुर्खेत फर्किएर तत्तकालिन बहुमुखी क्याम्पसमा पढाउन सुरू गरेँ । सँगै बैंकको तयारी पनि गरेको थिएँ । शिक्षण पेशामा रहँदा २०६९ सालमा मैले राष्ट्रिय वाणिज्य बैंकमा सहायक प्रबन्धकमा नाम निकालेर दैलेख गएँ । बिचमा सुर्खेत र नेपालगन्ज शाखामा गएर काम गरें । गत असोजमा फेरी सुर्खेतमा शाखा प्रबन्धकका जिम्मेवारीसहित आएको हुँ ।
प्रकाशित मितिः ४ कार्तिक २०७६, सोमबार ०९:३५
मुना हमाल ।