मंसिरमा महोत्सव हुने

सुर्खेत : आगामी मंसिर १८ देखि २४ गतेसम्म सुर्खेतमा महोत्सव सञ्चालन हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजना तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको प्रवद्र्धनमा महोत्सव सञ्चालन हुने भएको हो ।
शुक्रवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी गराईएको थियो । लघु, घरेलु तथा साना उद्योगका साथै विभिन्न व्यवसायीहरूले गरी करिब तीन सय स्टल रहने नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर बिसीले जानकारी दिए । उनले प्रदेशका १० वटै जिल्लाहरूबाट कम्तीमा पनि पाँच उद्यमीको महोत्सवमा सहभागीता गराउने योजना भएको समेत जनाए ।

महोत्सवलाई करिब दुई लाख दर्शकले अवलोकन गर्ने र पाँच करोड बढिको आर्थीक कारोबार हुने अनुमान गरिएको छ । मेला सञ्चालनका लागि करिब ८० लाख खर्च हुने र करिब ८५ लाख ३० हजार आम्दानी हुने अनुमान गरिएको अध्यक्ष बिसीले बताए । उनका अनुसार यो महोत्सव अन्य महोत्सव जस्तो विवादित नभई पर्यटन प्रवद्र्धन र साना उद्यमीहरूको बजार खोजीका लागि सञ्चालन गरिएको हो । महोत्सवका लागि टिकट दर भने अझै नतोकिएको आयोजकले बताएको छ ।

प्रकाशित मितिः   २ कार्तिक २०७६, शनिबार ०९:५५