शिक्षक दिवसमा रक्तदान

सुर्खेत : विश्व शिक्षक दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । शुक्रवार नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सुर्खेतको आयोजनामा रक्तदान तथा दशैं, तिहार र छठपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा ११ जनाले रक्तदान गरेका थिए । प्रतिनिधिसभा सदस्य धु्रवकुमार शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा सांसद धु्रवकुमार शाही, सङ्गठनका जिल्ला अध्यक्ष रत्नबहादुर बुढा, निवर्तमान अध्यक्ष रामबहादुर शाही, शिक्षकहरू मीनप्रसाद खनाल, भुपेन्द्र बिसी, सुरज साउद, शान्ता कँडेल, यज्ञप्रसाद सुवेदी, शिवप्रसाद पोख्रेल, भवानीप्रसाद उपाध्यायले रक्तदान गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै सांसद शाहीले आ–आफ्नो जिम्मेवारी सबैले पूरा गर्नुपर्ने बताए । कार्यक्रममा सङ्गठनको राष्ट्रिय समितिका सदस्य शिवप्रसाद सापकोटा, निवर्तमान सदस्य शिवप्रसाद उपाध्याय, पूर्वसचिव डण्डीप्रसाद शर्मा, नेपाल शिक्षक महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवेन्द्र अधिकारी र जिल्ला अध्यक्ष कृष्णबहादुर थापा लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता समेत गरेका सङ्गठन सुर्खेतका अध्यक्ष रत्नबहादुर बुढाले संघीय सरकारले समयमै शिक्षा ऐन ल्याउन नसक्दा अन्यौलता छाएको बताए ।

Loading...