खानेपानीका दुई सय मुहान सुके
साझा बिसौनी संवाददाता
मुगु, २० चैत ।
रारा गाविस मुर्मा गाउ“का धनसिंह रोकाया गाउ“मा पुख्यौली खानेपानीको मूल सुकेपछि चिन्तित भएका छन् । करिब ७० घरधुरी रहेको उक्त मुर्मा गाउ“का स्थानीयवासीलाई भोकमरीभन्दा पिउने पानीको बढी चिन्ता छ । पानीको मुहानमा पालो लगाएर एक घरलाई एक गाग्री पानी भाग लगाउने गरिएको छ । मुर्मा गाउ“का स्थानीयवासीलाई रातभर जागराम बसेर एक गाग्री पानी पाउन कठिनाइ भएको धनसिंहले बताए । लामो खडेरीमा पनि कहिल्यै नसुकेको पानीको मुहान यो पटक सुक्दा समस्या भएको उनले बताए । रुगा गाविसका एक सय ५० दलित परिवारलाई उस्तै पानीको सङ्कट देखिएको छ । गाउ“देखि आघा घन्टा टाढा खडेरीले कुवा सुक्न थालेपछि एक गाग्री पानी पाउन मुस्किल हुन थालेको छ ।
कुवामा पानी भर्न रुगा गाउ“का स्थानीयवासी लाइनमा बस्नुपर्ने अवस्था छ । दिउँसो पालो नपाएर रातभर कुवामै बसेर पानी भर्ने गरेका छन् । खडेरीले स्थानीयवासीलाई भोकमरीभन्दा पानीको चिन्ताले सताएको छ । ज्यालादारी काम गरेर पैसा कमाएर चामल किनेर खाउँला तर पानी कहा“बाट ल्याउँला रुगा गाविसकी जउकली कामीले भनिन् ‘अनाजभन्दा पानी पाउन गाह्रो हुन थाल्यो कस्तो जमाना आयो ।’
जीमा गाविसको सोरुकोट र बन्जाह गाउ“का करिब २०० परिवारलाई पनि पानीको समस्या बेहोर्नुपरेको छ । खडेरीले दिउँसो धारोमा पानी नआउने र राति तिरतिर गरेर पानी झर्न थालेपछि समस्या भएको छ । सोरुकोट गाउ“का स्थानीयवासी हातमा जर्किन बोकेर आघा घन्टा तल तिर्सेखोलामा पुगेर पानी ल्याउने गरेका छन् ।
प्रकाशित मितिः २१ चैत्र २०७२, आईतवार ०३:३७
साझा बिसौनी संवाददाता ।