पिपलबोटको वार्षिक साधारणसभा

सुर्खेत : पिपलबोट बचत तथा ऋण सहकारी संस्था सुर्खेतको एक वर्षमा एक करोड १८ लाख २२ हजार रूपैयाँ आम्दानी गरेको छ । संस्थाको शनिवार वीरेन्द्रनगरमा सम्पन्न १७औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५÷०७६ मा भएको कारोबारबारे जानकारी दिइएको हो ।

कोषाध्यक्ष खेमराज रावतले ४२ लाख ३९ हजार पाँच सय ६५ रूपैयाँ खुद नाफा भएको पनि जानकारी दिए । उनका अनुसार संस्थाको शेयर पूँजी एक करोड २५ लाख ९० हजार पुगेको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि एक करोड ६३ लाख ८१ हजार बराबरको आम्दानी प्रस्ताव गरिएको छ ।

सभाका अध्यक्ष टेकराज कोइरालाले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै ज्येष्ठ सदस्य, बाल सदस्य, शेयर सदस्यका छोराछोरीमध्येबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, नियमित मासिक बचतकर्ता, असल ऋणि, अधिक शेयरकर्ता लगायतलाई पुरस्कृत तथा सम्मान गरिएको संस्थाका सचिव मनिराम भण्डारीले जानकारी दिए । सभाको उद्घाटन कार्यक्रम कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रकाशित मितिः   ५ आश्विन २०७६, आईतवार ११:४७