खाना पकाउने ग्यासको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । संविधान दिवसको अवसर पारेर सरकारले उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरिएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार प्रतिसिलिण्डर २५ रूपैयाँ घटाइएको छ । अब ग्यास प्रतिसिलिण्डर एक हजार तीन सय ५० रूपैयाँमा किन्न पाइनेछ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो । अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलरमा जहाजले तेल हाल्न पाउनेछन् ।