युवा क्लबद्वारा सडक सरसफाइ

सुर्खेत : सामाजिक विकास युवा क्लब वीरेन्द्रनगर सुर्खेतले सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सडक सरसफाइ अभियान अन्तर्गत सोमवार वीरेन्द्रनगर–२ को रागसपाईला स्कुलदेखि भुरीगाउँ राजमार्गसम्म सडक सरसफाइ गरिएको क्लबका अध्यक्ष खम्बजङ्ग थापाले जानकारी दिए ।

सरसफाइ अभियानलाई दिगो विकास र शान्तिसँग जोड्ने अभियान अन्तर्गत सडक सरसफाइ कार्यक्रम गरिएको उनले बताए । सडकमा उम्रिएको घाँस, प्लाष्टिकले हिँड्न मुस्किल र फोहोर भए पनि क्लबको आयोजनामा स्थानीय समेत सरसफाइमा जुटेका थिए । ‘सडकमा जथाभावी फोहोर फाल्ने बानीले दुर्गन्ध फैलिएको हुन्छ’ उनले भने ‘तर सरसफाइमा कसैको ध्यान गएको देखिँदैन ।’ कम्तीमा पनि आफ्नो घरवरपरको फोहोर आफैले उठाउने बानी जनताले बसाले भने गाउँ–टोल सफा रहने उनले बताए ।

प्रकाशित मितिः   ३१ भाद्र २०७६, मंगलवार १२:१५