चाडपर्वमा औधी रमाइलो हुन्थ्यो

दीक्षा खत्री विभिन्न पार्टीहरूमा आवद्ध महिलाहरूको सञ्जाल अन्तरपार्टी महिला सञ्जाल सुर्खेतकी अध्यक्ष हुन् । वि.सं. २०३४ पुस १२ गते चितवनको कल्याणपुरमा बुबा इन्द्रबहादुर खत्री र आमा स्व. खड्कदेवी खत्रीको सन्तानका रुपमा जन्मिएकी उनी समाजवादी पार्टी कर्णाली प्रदेशकी सदस्य पनि हुन् । विवाह गरेर सुर्खेत आएपछि यतै सक्रिय उनले आफ्नो बाल्यकालका सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटिन् :
चितवनमा जन्मिएँ । बाल्यकालको धेरै समय काठमाडौँमा बित्यो । सामान्य परिवारमा जन्मिएकी हुँ । बुबाआमा खेतीकिसानी गर्नुहुन्थ्यो । हामी दुई बहिनी । म जेठी छोरी हुँ । पढाईको शिलशिलामा म परिवारबाट सानै उमेरमा टाढा भएँ । बुबालाई कुष्ठरोग थियो । कुष्ठरोग भएका व्यक्तिका छोराछोरीलाई नेपाल कुष्ठरोग निवारण संस्थाले काठमाडौंमा पढाउँथ्यो । मैैले पनि काठमाडौंमा गएर पढ्ने अवसर पाएँ ।
५–६ वर्षको उमेरमा नै पढ्न गएँ । काठमाडौंमा होस्टेलमा बसेर पढ्नुपथ्र्यो । हिमालय विद्या मन्दिरमा पढ्न जान्थ्यौं । काठमाडौंको सिफलमा स्कुल थियो । नजिकै होस्टेल थियो । होस्टेलबाट स्कुल जाने र होस्टेल जाने । शुक्रवार र शनिवार फरक दिन हुन्थे । शनिवार होस्टेलमा विभिन्न किसिमका कार्यक्रम हुन्थे । हामीलाई सरसफाइदेखि घाँस काट्न, अनि खाना पकाउन सिकाइन्थ्यो । शनिवार भने व्यक्तिगत सरसफाइ गर्नुपथ्र्याे । होस्टेलमा हामी ५५ जना मात्र थियौं ।
अहिले आएर ती बाल्यकालका दिनहरु सम्झदा रमाइलो लाग्छ । कहिलेकाँही त केसम्म गथ्र्यौं भने खाजा खाने समयमा क्यान्टिनको ढोकामा गएर अगाडि नै बस्थ्यौं । दुई बजे खाजाको लागि ढोका खुल्ला हुन्छ भने हामी एक बजे नै गएर बस्थ्यौं । घरमा प्रायः आफ्नै हुने भएकाले त्यस्तो गदैनथ्यौं । अरुले दिने भएकाले त्यस्तो गथ्र्याैं होला जस्तो लाग्छ ।
बुवा–आमाको काख छोडेर टाढा जाँदा नरमाइलो लागेको थियो । होस्टेलमा कोही साथीहरुका आफन्त भेट्न आएका छन् भन्ने सुन्ने बित्तिकै हामी सबै दौडिएर जान्थ्यौँ । आफ्नो बुवा–आमा आएको जस्तै अनुभूति हुन्थ्यो । चितवनका कोही व्यक्ति भेटिए भने पनि खुशी लाग्थ्यो । बेलाबेलामा बुवा–आमाले खानेकुराहरु आफन्तसँग पठाइदिनुहुन्थ्यो । मकै, भट्मास, गहुँ भुटेर पठाइदिएको सम्झना छ । त्यसबेलामा फोनको सुविधा थिएन । चिठ्ठी आदान–प्रदान नै गर्नुपथ्र्यो । सन्चो–बिसन्चो सोध्न चिठ्ठीकै भर हुन्थ्यो । महिनामा एक पटक मैले पनि घरमा चिठ्ठी पठाउँथे । घरबाट बुवा–आमाले पनि पठाउनु हुन्थ्यो । बर्षमा दुई पटक घर जान पाइन्थ्यो । दशैँ र जाडो बिदामा घर जान्थेँ । होस्टेलमा धेरै जनालाई खाना पकाउँदा दाल भन्दा तरकारी कम खान पाइन्थ्यो । त्यसैले कहिले घर पुगौँला र धेरै तरकारी बनाएर खान पाइएला भन्ने हुन्थ्यो ।
बाल्यकालमा चाडपर्व निकै रमाइला हुन्थे । बिदामा घर गएको बेलामा साथी–संगीसँग रमाइलो गर्ने, देउसी भैली खेल्न जान्थ्यौं । बाल्यकालमा फुटबल खेलमा मेरो रुचि थियो । प्रायः फुटबल नै खेल्थें । त्यसछि साथीहरुसँग गोलगेम, चुङ्गी खेल्ने गथ्यौँ । म पढाईमा राम्रो विद्यार्थी थिएँ । कक्षा पाँचसम्म प्रथम हुन्थँे । त्यसपछि भने दोस्रो, तेस्रो भइरहन्थेँ । समग्रमा भन्नुपर्दा पढाइ राम्रो थियो । म अलि छुच्ची स्वभावको थिएँ । आफूसँग भएको सामान सजिलै अरुलाई दिदैनथेँ । मैले आफूलाई आवश्यक पर्ने, सियो–धागोदेखिका सामान मिलाएर राख्ने गर्थें । साथीहरुले मागे भने तिमीहरुले ल्याएको हो र ? भनेर भन्थे ।
बाल्यकालमा कहिलेकाँही बदमासी पनि गरियो । होस्टेलमै काँक्रा हुन्थे । होस्टेल इन्चार्जले काँक्रा लगाउनु हुन्थ्यो । उहाँलाई थाहा नै नदिएर साथीहरु मिलेर काँक्रा चोरेर खान्थ्यौँ । उहाँले थाहा पाएपछि सजाए पनि दिनुहुन्थ्यो । नुहाउने बाहनामा कपनसम्म होस्टेल वार्डेनलाई थाहा नै नदिएर घुम्न जान्थ्यौँ । तीजको समयमा पञ्चमीको भोलिपल्ट धेरै नै चोरिन्थ्यो । खासमा त्यो दिनलाई चोर्ने दिनका रुपमा लिन्थे । मान्छेहरु त्यस दिन चोरेपछि पाप लाग्दैन पनि भन्थे ।
म सानै हुँदा आमा बित्नुभयो । म आठ वर्षको थिएँ । बिदाको समयमा घर आएको थिएँ । आमा रुखबाट खसेर बित्नुभयो । बुवाले हाम्रो लागि अर्को विवाह नै गर्नुभएन । बुबा र कान्छी बहिनी घरमा र म काठमाडौँमा बस्थेँ । कक्षा ९ सम्म पढेपछि म घर आएँ । त्यसपछि काठमाडौं पढ्न गइँन । फेरि कक्षा नौंबाट मैले चितवनकै माडी माध्यमिक विद्यालयबाट पढाइ सुरु
गरें । त्यहीबाट एस.एल.सी. पास गरें ।
बाल्यकालमा त नर्स बन्छु भन्ने सपना थियो । एस.एल.सी. पछि मैले आफ्नै इच्छाले अनमी पढेँ । पछि पढाइलाई स्नातकसम्म पु¥याएँ । राजनीतिमा आउनुभन्दा अघि गैरसरकारी संस्थामा अनमीका रुपमा पनि काम गरेँ । श्रीमान् राजनीतिमा सक्रिय भएको भएर मैले पनि उहाँकै प्रेरणामा राजनीति सुरु गरेकी हुँ । अहिले समाजवादी पार्टी कर्णाली प्रदेशको सदस्य पनि छु । राजनीतिबाटै सामाजिक कार्यमा सक्रिय भएकी छु ।
प्रकाशित मितिः ३० भाद्र २०७६, सोमबार १५:२६
मुना हमाल ।