पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु
रूकुम : रुकुम (पश्चिम)मा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका–१० का दुई बालिका विद्यालयबाट घर फर्कने क्रममा पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय डिलबहादुर विककी १२ वर्षीया छोरी डिलमाया विक र रणबहादुर कामीकी १० वर्षीया छोरी सावित्री विकको पहिरोले पुर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
विद्यालयबाट फर्कने क्रममा बेलुकी करिब ५ बजेतिर बाटोमै पहिरोले पुरेपछि उनीहरूको घटनास्थलमै मृत्यु भएको उनले बताए । विद्यालयबाट घर फर्कदैं गर्दा गत वर्ष निर्माण गरिएको सडकमा पहिरो गएपछि दुवै बालिका पुरिएका थिए । योसहित रूकुम (पश्चिम)मा पहिरोले पुरिएर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तीनजना स्कुले बालिका रहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मितिः २७ भाद्र २०७६, शुक्रबार १२:०१
साझा बिसौनी ।