कस्तो नेता बन्ने ?

प्रवेश सिंह
                         प्रवेश सिंह

नेता भन्ने बित्तिकै हामीले धेरै कुरालाई बुझ्छौँ, एक अर्थमा भन्नुपर्दा ठूलो ठूलो स्वरमा भाषण गर्ने, आफ्नो गुट बनाउने, विपक्षलाई चर्को गाली गर्ने आदि गुण हाम्रो मनमा आउन सक्छ र अर्को अर्थमा भन्दा महात्मा गान्धी, विवेकानन्द, माओत्सेतुंग, अब्राहम लिंकनजस्ता उच्च व्यक्तित्वका नाम आउँछ । त्यसैले आफू कस्तो नेता बन्ने भन्ने कुरा व्यक्तिमा भर पर्छ । जर्ज टरीका अनुसार “आपसि उदेश्यका लागि व्यक्तिहरूलाई मनै देखि प्रयत्न गर्न प्रभावित पार्ने क्रियाकलाप नै नेतृत्व हो ।” एडुकेसन शब्दकोषअनुसार “मानिसलाई उद्देश्य प्राप्तीका लागि प्रेरणा, पथप्रदर्शन र निर्देशन गर्ने तत्परता र क्षमता हो ।”

नेपालमा २०४६ सालपछि बहुदल आए यता थुप्रै पार्टी र संगठनहरू स्थापना भए र ति पार्टी र संगठनहरूले थुप्रै नेता राजनेता जन्माए । तर कस्तो नेता बनाउने र बन्ने भन्ने कसैको ध्यान गएन । नेपालको अहिलेको परिप्रेक्षमा नेता बन्न त्यति गाह्रो जस्तो लाग्दैन तर कस्तो नेता बन्नेमा भर पर्छ । दुई÷चार दिन पार्टी र संगठनको कार्यक्रममा संलग्न भयो, दुई÷चार जना नेताहरूसँग मोबाईलमा सेल्फी लियो अनि फेसबुकमा अपलोड ग¥यो, विपक्षलाई फेसबुकबाटै गाली ग¥यो । दुई÷चार पैसा खर्च गरिदियो, चम्चा चाकडि ग¥यो अनि लेखनाथ न्यौपानेले भने जस्तै चैते नेता बन्यो । त्यसपछि त्यही चैते नेतालाई हामी भन्न थाल्छौँ, ‘आदरणीय सरल, शालिन, भद्र स्वभावका धनी, बौद्धिक नेता, जनताका ढुकढुकी, विकासप्रेमी यस्तै के–के उपनामले प्रसंशा गरेर उसबाट केही पाउने आशमा त्यहि व्यक्तिको चाकडि सुरू गर्न थाल्छौँ ।

हो वास्तवमा साँचिकै सरल, शालिन, भद्र स्वभावका धनी, बौद्धिक नेता, जनताका ढुकढुकी विकासप्रेमी यस्तै केके उपनामले प्रशंसा लायक नेता बन्न त्यति सजिलो छैन । कुनै पनि देशको मुख्य मेरुदण्डको रूपमा त्यहाँका राजनीतिक नेताहरूलाई लिने गरिन्छ । कुनै पनि देशको राज्य संञ्चालनदेखि लिएर निती निर्माण गर्नेसम्म राजनैतिक नेतृत्वको हातमा हुन्छ । डाक्टर, ईन्जिनियर, पाईलट भन्दा नेता बन्नलाई अझ बढी विज्ञता हासिल गर्न जरुरी छ । हाम्रो समाजमा के छ भने जिन्दगीमा केही गर्न नसके विकल्पमा नेता बन्ने । क्याम्पसमा गयो पढ्न नसके विद्यार्थी नेता बन्ने, व्यापार ग¥यो व्यापार फस्टाउन नसके त्यसपछि नेता बन्ने, जागिर गर्न नसके विकल्पमा के गर्ने राजनिति गरेर नेता बन्ने, यो चलन नेपालमा फस्टाएको देखिन्छ । यति भन्दै गर्दा मैले राजनितिक विज्ञ भएर विश्लेषण गरेको होईन, खाना पकाउने मान्छेलाई भन्दा खाना खाने मान्छेलाई खानाको स्वाद बढी थाहा हुन्छ भने झैँ नजिकबाट बुझेको देखेको कुरा भनेको ।

मैले सबै नेता राजनेताहरू यसरी नै माथि पुगेका हुन भन्न खोजेको होइन, यहाँ थुप्रै नेताहरू जनताको बीचबाट संघर्ष गर्दै समाजसेवा गर्दै कार्यकर्ताबाट नेता र नेताबाट जननेता हुदै राजनेता बन्ने उद्देश्यले नेता बन्नु भएको छ । तर उहाँहरूको उचित सम्मान र ठाउँ छैन । जस्ले चैते नेताको व्यवहार देखायो त्यहि पहुचमा पुगेको छ ।

हो यदि सबल र सक्षम कार्यकर्ताबाट नेता र नेताबाट राजनेता बन्ने हो भने धेरै कुरामा विचार पु¥याउनु आवश्यक छ । सफल नेतृत्वको लागि सकारात्मक सोच र सकारात्मक दृष्टिकोण सफलमार्ग रहेको कुरा विद्वानहरूले भन्दै आएका छन । ज्ञान, गुण, बौद्धिक र क्षमता नेतामा हुनुपर्ने आधारभुत कुराहरू नै हुन् । परम्परावादी सोच, सामन्ती दृष्टिकोण र संस्कार अनुसार उच्च तह वा पदमा रहेर अरुलाई निर्देशन गर्नु हो । नेतामा यस्तो गुण हुनुपर्छ जोसँग कार्यकर्ता र स्वार्थमा लिप्त मान्छे डराउन् । जनताले पनि हेप्न नसकुन् । यदि कुशल र सफल नेता नै बन्ने हो भने कहिले पनि विवादास्पद, कलंकित, भ्रष्ट व्यक्तिसँग संगत नगर्नुहोस् । अहिले के देखिएको छ भने आफु पहँुचमा गईसकेपछि सबैथोक विर्सिएर व्यक्तिगत स्वार्थ, पारिवारिक स्वार्थ र नातागत स्वार्थ पूर्ति गर्न उसको पहिलो प्राथमिकतामा हुन्छ र विस्तारै ऊ विवादमा आउँछ, अनि जनताले र कार्यकर्ताले आलोचना गर्न थाल्छन् । अनि असफल र असक्षम नेता भनेर सावित भइन्छ । यदि सफल नेता राजनेता बन्ने हो भने कहिले पनि आफ्ना नातागोतालाई राजनीतिक नियुक्ति नदिनुहोस् । धेरै जसो नेताहरू दुःखमा भन्दा सुख र रमाईलोमा बढी उपस्थित हुने गरेको देखिन्छ । नेता विवाह, पार्टी, भोजमा नभ्याएसम्म नगए नि खासै फरक पर्दैन । आउन सकिएन भनेर फोनबाट शिष्टाचार देखाउन सकिन्छ तर कोही चिनेको दुःखमा, बिरामी परेर अस्पतालमा छ भने समय निकालेर त्यहाँ अवश्य पुग्नुहोस । सुखमा भन्दा दुःखमा साथ दिनेलाई कसैले पनि कहिलै विर्सन सक्दैन ।

पछिल्लो समयमा के देखिन्छ भने सामाजिक सञ्जालमा कसैले केही लेख्यो भने त्यसको प्रतिक्रिया तत्काल दिईहाल्ने, सामाजिक सञ्जालमै बाझिहाल्ने तर त्यसो नगर्नुहोस कुशल नेता बन्नु छ भने । हावाले पात हल्लायो भन्दैमा आफू पनि नहल्लिनुहोस् । त्यसको वास्तविक अध्ययन गरेर प्रतिक्रिया दिनुहोस् ।

धेरै नेताहरू सुरुवातीमा समाज र देश सेवामा धेरै फड्को मार्छु भन्दै धैरै ठूला ठूला सपना देखेर सार्वजनिक पद धारण गरेको देखिन्छ । पछि काम गर्दै जाँदा भ्रष्ट कर्मचारी, व्यपारी, दलाली, तथा चम्चे चाकडी गर्नेहरूले माफियाको चङ्कुलमा पारेको देखिन्छ । हो जो गुण्डागर्दी, चाकडी अनि चैते नेताको पृष्ठभूमिबाट आएको हो त्यही व्यक्ति यस्तो क्रियाकलापमा फसेको देखिन्छ । जातीय, भेगीय, धार्मिक र वर्गीय मुद्दा उठान गरेर पनि नेता बन्न खोजेको देखिन्छ, यस्ता मुद्दाहरूले स्थानीय नेता त बन्न सकिएला तर देशको नेता बन्न सकिदैन । त्यसैले दैशकै राजनेता बन्नु छ भने जातिय, भेगीय कुरा गर्नु हुँदैन । अहिले विज्ञान र प्रविधिको युग हो, त्यसैले प्रविधिसँग नजिक हुनु जरुरी छ । एक भारतिय नेताले भनेका छन् नेता भनेको नोकर हो भने जनता भनेका मालिक त्यसैले नोकरले मालिकले भनेको मान्नु पर्छ ।

नेता भइसकेपछि सार्वजनिक सम्पतिमा आँखा लगाउनु हुँदैन, आर्थिक पारदर्शिता देखाउनुपर्छ । नत्र यसले ढिलो चाडो एकपटक राजनीतिक पतनमा डो¥याउँछ । जसका थुप्रै उदाहरण छन् ।

निर्णय गर्नु पहिले जनतासँग बसेर छलफल गनु, राय, सल्लाह सुझाव माग्नु, सल्लाह–सुझाव विद्धान तथा साधारण सबै व्यक्तिहरूबाट माग्नु नेताका गुण हुन् । नेता भइसकेपछि विद्धानका मात्र कुरा होइन साधारण व्यक्तिबाट पनि व्यवहारिक ज्ञान पाउन सकिन्छ । एकपटक अल्वर्ट आइनस्टाइनको कोठामा कुकुर छिर्न ठूलो र बिरालो छिर्न सानो प्वाल बनाएको देखेर एउटा अनपढ धोविले आइनस्टाइनलाई दुई ओटा प्वालको सट्टा एउटै बनाए हुन्छ नि कुकुर छिर्न सक्ने प्वालबाट विरालो पनि छिर्न सकिहाल्छ भन्ने जस्तो व्यवहारिक ज्ञान दिएका थिए ।

सामाजिक सञ्जालहरूको सही सदुपयोग गर्नुपर्दछ । सधै सबै ठाउँ पुग्न सकिदैन त्यसैले आफूले गरेका राम्रो कामको सुचना सामाजिक सञ्जालबाट सम्प्रेषन गर्न सकिन्छ । सफल नेताले ठूलो सपना देख्नुपर्छ, उज्ज्वल भविष्यको योजना बनाउन सक्नुपर्छ । उच्च महŒवाकांक्षा राख्नु, गहन प्रतिबद्धता हुनु, कडा परिश्रम गर्नु, निष्कपट र इमान्दार चरित्र, स्पष्ट वक्ता, स्वयं निर्देशित हुन सक्ने, सहिष्णुता व्यवहार भएको, सफल नेतृत्वका लागि नभइन हुने योग्यताका रूपमा लिइन्छ ।

प्रकाशित मितिः   २४ भाद्र २०७६, मंगलवार १२:१२