सरकारले माग्यो दुई हजार कर्मचारी
काठमाडौं : सरकारले स्थानीय तहमा रहेर करारमा काम गर्न करिब दुई हजार जना कर्मचारी माग गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण आयोजनाले सात सय ५३ वटा स्थानीय तहमा राख्ने सेवा इकाईमा काम गर्न नायब सुब्बा र खरिदार सरहका एक हजार नौ सय ८९ जना कर्मचारी माग गरेको हो ।
विभागले नायब सुब्बा सरहको एमआईएस अपरेटर नौ सय ९४ जना र खरिदार सरहको फिल्ड सहायक नौ सय ९५ जना माग गरेको छ । एमआईएस अपरेटरका लागि कुनै पनि विषयमा उच्च मावि तह उत्तीर्ण भएको र ६ महिना कम्प्युटर तालिम लिएको वा कम्प्युटर विषयमा उच्च माध्यमिक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । फिल्ड सहायकका लागि एसएलसी उत्तीर्ण हुनुपर्नेछ ।
प्रकाशित मितिः १८ भाद्र २०७६, बुधबार १२:२७
साझा बिसौनी ।