छानविन गर्दै समिति
दैलेख : सुर्खेतको कटकुवामा दर्जनौँ गाई र गोरु मरेको विषयको अध्ययन गर्न नेपालगन्ज उपमहानगरपालिकाले बनाएको छानबिन समिति दैलेख पुगेको छ ।
मंगलबार समितिले दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग भेट गरेको र अन्य विभिन्न स्थानमा सोधपुछ गरेको टोलीले जानकारी दिएको छ । उपमहानगरपालिकाले उच्च बारका अध्यक्ष विकास आचार्यको संयोजकत्वमा गठन गरेको सात सदस्यीय छानबिन टोली दैलेख आएको हो । टोलीले जिल्ला समन्वय समिति, नारायण नगरपालिका, श्रीस्थान मन्दिरलगायतका विभिन्न स्थानमा सोधपुछ गरेको टोलीका सदस्य वसन्त गौतमले जानकारी दिए । टोली मंगलबार नै दैलेखबाट फर्किएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले आठ वटा ट्रकमा राखेर पठाएका गाईगोरु सुर्खेतको कटकुवामा छोडिएको थियो । त्यसमध्ये करिब दुई दर्जन मृत अवस्थामा भेटिएका थिए । उक्त घटनाबारे छानविन गर्न संघीय सरकारको गृहमन्त्रालय, कर्णाली प्रदेश सरकार र नेपालगञ्ज उपमहानगरपालिकाले छुट्टाछुट्टै समिति गठन गरेका छन् । उपमहानगरपालिकाले दैलेखबाट माग भएपछि गाई त्यसतर्फ पठाइएको दावी गरेपनि दैलेखबाट भने माग नभएको बताइएको छ ।
प्रकाशित मितिः १८ भाद्र २०७६, बुधबार १२:२२
साझा बिसौनी ।