गजल वाचन गरेर मोतीरामको सम्झना
सुर्खेत: मोती जयन्तीको अवसर पारेर विशेष गजल वाचन कार्यक्रम सम्पन्न गरिएको छ । सैनिक आवासीय महाविद्यालय सुर्खेतको अभ्यूदय साहित्य मञ्चले १५४औँ मोतीजयन्तीको अवसर पारेर शुक्रवार विद्यालयमा गजल वाचन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सुजन शाहीले मोतीराम भट्टको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए । उनले छोटो समय बाँचेर पनि भट्टले नेपाली साहित्य जगतमा ठूलो योगदान पु¥याएको उल्लेख गरे ।
उक्त अवसरमा एक दर्जन गजलकारहरूले आफ्ना गजल वाचन गरेर मोतीराम भट्टको सम्झना गरेका थिए । जसमा मोतीरामको सम्झनाका साथै जीवन र जगतका विविध आयामहरू समेटिएको विद्यालयका शिक्षक ऋषि शर्मा सुदामाले जानकारी दिए । शिक्षक सुदामाले पनि आफ्नो गजल वाचन गरेका थिए । त्यसैगरी महाविद्यालयका प्राचार्य थिरबहादुर थापाले रचना वाचन लगायतका क्रियाकलापले द्यार्थीहरूको प्रतिभा उजार गर्न र सिर्जनशील कार्यमा उत्प्रेरित गर्न सघाउ पु¥याउने धारणा राखेका थिए ।
प्रकाशित मितिः १४ भाद्र २०७६, शनिबार १२:०६
साझा बिसौनी ।