गाविसलाई प्राविधिक सहयोग

sahayog copyसाझा बिसौनी संवाददाता
सुर्खेत, १९ असार
साझेदारी विकास परियोजनाले परियोजना लागू भएका दोस्रो चरणका गाविसहरूलाई प्राविधिक सहयोग गरेको छ । आइतवार जिल्ला विकास समितिमा एक कार्यक्रमको आयोजना गरेर प्राविधिक सहयोग हस्तान्तरण गरेको हो ।
परियोजना लागू भएका गाविसहरूमध्ये बावियाचौर, दशरथपुर र बिजौरा गाविसलाई डेस्कटप कम्प्युटर, प्रिन्टर र स्टेप्लाइजर र बाँकी १० वटा गाविसलाई प्रिन्टर र स्टेप्लाइजर प्रदान गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा साझेदारी विकास परियोजना÷ प्याक्टका फिल्ड संयोजक प्रज्ञा थापाले जिल्ला विकास समितिका कार्यक्रम अधिकृत टंक लामिछानेलाई सामान हस्तान्तरण गरेकी थिइन् भने लामिछानेले गाविस सचिवहरूलाई हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा फिल्ड संयोजक थापाले परियोजनाले प्रदान गरेको प्राविधिक सहयोगले गाविसमा सेवा लिन आउने सेवाग्राहीलाई छिटो छरितो सेवा दिन सहयोग गर्नेमा विश्वास व्यक्त गरिन् । साथै गाविसको हरेक कामहरूलाई कम्प्युटर प्रणालीमार्फत् चुस्त दुरुस्त राख्नका लागि सहयोग गर्नेमा थापाको विश्वास रहेको थियो । प्रदान गरिएको प्रविधिको कत्तिको उपयोग भइरहेको छ भन्ने विषयमा बेला–बेला अनुगमन गरिने उनको भनाइ छ ।
परियोजनाले सहयोग गरेका सामानहरू ग्रहण गर्दै गाविस सचिवहरूले गाविसले प्रदान गर्ने सेवाहरूमा गुणस्तरीयता थप्नका लागि मद्दत गर्ने बताए । कार्यक्रममा बावियाचौर गाविस सचिव भद्रबहादुर थापाले सेवाग्राहीलाई छिटो छरितो र सहजरूपमा सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मितिः   २० असार २०७३, सोमबार ११:०३