निर्मला हत्याकाण्ड

तुलाराम वि.क.

निर्मलाको हत्यामा झुकेका छन् आजसम्म
खै कसरी अपराधी, लुकेका छन् आजसम्म ।

ओर्लिएर सडकमा, कतिपय जनताहरू
उसकै निम्ति आन्दोलन फुकेका छन् आजसम्म ।

आँखाभरी आँशु बोकी, बाबुआमा निर्मलाका
न्याय खोज्दै कानुनसँग ढुकेका छन् आजसम्म ।

महिनौ–महिना बितिगए, पुछिएनन् कयौं आँखा,
राष्ट्रसेवक प्रहरी पनि, चुकेका छन् आजसम्म ।

जति कोशिस गर्दा पनि, भेटिएन न्याय कतै,
न्याय खोज्ने कैयौं डाको सुकेका छन् आजसम्म ।

–तुलाराम वि.क.
भेरीगंगा–८, लोदे सुर्खेत ।

प्रकाशित मितिः   ११ भाद्र २०७६, बुधबार १३:२०