सचेतना कार्यक्रम

सुर्खेत, १९ असार । (साबिस)
नेतृत्व विकास तथा लागू औषध दुव्र्यसनी न्यूनीकरण सम्बन्धी दुई दिने सचेतना कार्यक्रम आइतवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । जनहित युवा क्लबको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको युवा लक्षित कार्यक्रमको आर्थिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।
५५ जना युवाहरूको सहभागिता रहेको कार्यक्रमको प्रशिक्षण हरिहर बस्नेत र ललित भट्टराईले गरेका
थिए । कार्यक्रममा जनहित युवा क्लबका अध्यक्ष यामराज गिरी, वडा नागरिक मञ्चका संयोजक गणेशकुमार गिरी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक हरिहरनाथ योगी, जनजागरण वनका अध्यक्ष कृष्णप्रसाद गौतम, एम्नेष्टी नेपाल समूह–२ का संयोजक नारायणनाथ योगी, उज्यालो बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रेम विश्वकर्मा, टोल विकास संस्थाका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २० असार २०७३, सोमबार १०:५९