महिलाका पक्षमा महिला सांसद
सुर्खेत : कर्णाली प्रदेशका महिला सांसदहरूले प्रदेशलाई महिलामैत्री बनाउनको लागि लागिपरेको बताएका छन् । संसदको बैठकमा शून्य र विशेष समय लिएर कर्णालीका महिलाको सवालमा आवाज उठाएका उनीहरूको भनाइ छ । क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) ले आयोजना गरेको कर्णालीका महिला सांसदहरूले संसदमा उठाएका सवाल विषयक सन्डे क्लबमा बोल्दै उनीहरूले यस्तो बताएका हुन् ।
उप–सभामुख पुष्पा घर्तीले अधिकांश महिला सांसदहरूले हरेक संसद बैठकमा महिलाका सवाल उठाएको बताइन् ।
प्रदेससभाका सांसद सीता नेपालीले महिलाका विषयमा महिलाले नै सवाल उठाउनुपर्ने अवस्था रहेको बताइन् । महिला सांसदहरू समानुपातिकबाट आएको हुनाले प्रत्यक्ष र समानुपातिकबाट आएका सांसदबीच विभेदपूर्ण व्यवहार भएको उनको भनाइ थियो । ‘हाम्रा निर्वाचन क्षेत्रमा बजेट बाँडफाँडमा विभिद गरिएको छ’ नेपालीले भनिन्, ‘प्रत्यक्ष सांसद र समानुपातिक सांसदको क्षेत्रमा हेर्ने हो भने बजेट बाँडफाँडमा असन्तुलन रहेको छ ।’ प्रदेशसभाले बनाउने विभिन्न विधेयकमा संशोधन हाल्नुको साथै महिलाको दृष्टिकोणले अध्ययन गर्ने गरेको नेपालीले बताइन् ।
प्रकाशित मितिः १० भाद्र २०७६, मंगलवार १६:५८
साझा बिसौनी ।