वीपीको सम्झना

सुर्खेत, ६ साउन ।
नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८ औं स्मृति दिवस सुर्खेतमा विविध कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस र उसका भातृ संगठनहरूले अन्तरक्रिया, रक्तदान, वृक्षारोण लगायतका कार्यक्रमहरू गरी बीपीको सम्झना गरेका हुन् ।

नेपाली कांग्रेस सुर्खेत क्षेत्र नं. २ ले जिल्ला समन्वय समितिको सभाहलमा वीपीको दृष्टिकोण र वर्तमान राजनीतिक परिवेश विषयक विचार गोष्ठीको आयोजना गरेको छ । कार्यक्रममा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य हृदयराम थानी, पूर्वमन्त्री खड्गबहादुर बस्याल, कांग्रेस सुर्खेतका पूर्व
सभापति डम्बरविक्रम जिसी, वर्तमान सभापति कमलराज रेग्मी, जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, कांग्रेस सुर्खेतका कोषाध्यक्ष अनन्त पौडेल, क्षेत्रीय सभापति नारायण कोइरालालगायतले वीपी कोइरालाको दूरदर्शी सोच, राष्ट; र जनताप्रतिको प्रेमको वारेमा व्याख्या गरेका थिए । उनीहरूले वीपीले देखाएको बाटोमा अहिले कांग्रेस नहिंडेको भन्दै एकतावद्ध कांग्रेस नै अहिलेको आवश्यकता भएको जनाएका थिए ।

यसैगरी वीपी स्मृति दिवसमा नेपाल विधार्थी संघ मध्यपश्चिमाञ्चल विश्वबिद्यालय समितिले रक्तदान कार्यक्रम गरेको छ । स्ववियुु सभापति झक्कबहादुर शाहीसहित २० जना विद्यार्थीहरूले रक्तदान गरेका थिए । रक्तदानबाट संकलन गरिएको रगत नेपाल रेडक्रस सोसाइटीको व्लड बैंकलाई उपलव्ध गराइएको नेपाल विद्यार्थी सघं सुर्खेतका नेता मोहन रानाले जानकारी दिए ।