कांग्रेस संसदीय दलमा पौडेल उम्मेदवार बन्ने

काठमाडौं, २१ चैत । यही चैत २४ गते हुने कांग्रेस संसदीय दलको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार बन्ने भएका छन् । आज बसेको पौडेल पक्षीय नेताहरुको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।


पौडेल कांग्रेस महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदमा पराजित भएका थिए । कांग्रेसका २ सय ७ जना सांसद छन् । महाधिवेशनको बेला संस्थापन पक्षका एक दर्जन भन्दा बढी सांसद देउवा पक्षको समर्थनमा लागेका थिए ।


पहिलो संविधानसभाको निर्वाचनपछि पौडेल देउवालाई हराउँदै संसदीय दलको नेता बनेका थिए । दोस्रो संविधानसभा निर्वाचनपछि देउवा तत्कालित सभापति सुशील कोइरालासँग संसदीय दलका नेता नेता पदमा पराजित भएका थिए ।