रहेछ ज्ञानै ठूलो (कविता)
लेख्छु यो कविता अचम्म हुन गै, लागि मनैमा पीर,
खोजी गर्नन् भनेर थाह हुन गो, विद्वानका खाँतिर
संसार हेर्न भनेर नेत्र बनिय, दुई चन्द्र सूर्यै सरी,
समचार सुन्न भनेर कान बनिय, दुईतिर वायु सरी । दुईतिर
मिठो बोल्न भनेर जिब्रो बनियो, स्वाद रस् त्यसैले लियो
गन्धै सुङ्न भनेर नाक बनियो, दुई प्वाल त्यसैमा भयो ।
पौरख गर्न भनेर बाहु बनिए, दायाँ र बायाँ गरी
यात्रा गर्न भनेर पैतल बने, दुई वायु घोडा सरी
बुद्धि गर्न भनेर शीर हुनमा, त्यस्तै भयो यो कहाँ
शान्तै हुन निमित्त मुटु बनियो, यो छाति बीचैमा
आहार गर्न भनेर पेट बनिगो, आन्द्रो त्यसैमा भयो
मुत्रै त्याग्न भनेर लिंग हुन गो, सृष्टि अचम्म छ यो ।
जिब्रो भो सब स्वाद विचार गरने, मिठो नमिठो पनि
निल्ने घाँटी भयो निकाल्न फोहर, भयो गुद्ह्वार अनि ।
बाहु हत्केला नङ्हस पनि बने, संरक्षणै खाँतिर
यस्तो सृष्टि हुँदा पनि यो जीवले छोडिदिने आखिर
सृष्टि गर्न भनि सबै मिलीकनै, जम्मा यसोरी भयो
काष्ठै झैं जलिजान्छ यो सब ध्वनीमा, जाने काँ ठाउँछ त्यो ।
पैला सृष्टि गराइ उत्पत्ति गरी, पालनकोले गर्दछन् ?
यस्तो उत्पत्ति नास गराइ बहुतै संहार किन गर्दछन्
यसको निश्चय केही पाइन प्रभुजी, आयाँ सरणमा म ताँ ?
संसार पार सहजै उतार्छ जसले, सो छाडी जाउँ कहाँ कता ?
आफैभित्र बसेको ईश्वर चिनौं, रहेछ ज्ञानै ठूलो ।
जानीजानीकन पढ्नु यो कविता, हुन्छ सबैको भलो ।
– रणबहादुर बुढाथोकी
वीरेन्द्रनगर–१४, घुस्रा, सुर्खेत
साझा बिसौनी संवाददाता ।