विराट कोहोलीको कप्तानी खोसिन सक्ने

आईसीसी विश्वकप क्रिकेट-२०१९ उपाधि दावेदार मानिएको भारत सेममिफाइनलबाटै बाहिरिएपछि कप्तान विराट कोहोलीको नेतृत्व खोसिनसक्ने देखिएको छ । सेमिफाइनलमा न्युजिल्याण्डसंग पराजित भएसंगै भारतीय क्रिकेट टिममा धेरै फेरबदल हुने सङ्केत देखिएको छ । जसमा विराटको कप्तानी पनि जोखिममा रहेको समाचार सार्वजनिक भएका छन् ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईका एक अधिकारीका अनुसार विराट कोहलीलाई कप्तानबाट हटाएर रोहित शर्मालाई वान डे र टी–ट्वान्टी क्रिकेटको नियमति कप्तान बनाउन सकिनेछ । कोहली टेष्ट कप्तान बन्न सक्नेछन् ।

‘टिमलाई राम्रो बनाउन परिवर्तनको प्रक्रिया चाँडै सुरु हुन्छ । रोहित शर्माले ५० ओभरको नेतृत्व गर्ने सही समय हो । यसका लागि उनी मानसिक रुपमा तयार समेत छन् ।  वर्तमान कप्तान र टिम प्रबन्धकले समेत समर्थन गर्न आवश्यक छ ।’ ती अधिकारीले भनेका छन् ।

‘पुरानो बिषयको छलफल भन्दा पनि अगाडीको सोच्ने बिषय महत्वपुर्ण हो । हामीले आउँदो विश्वकपको तयारी सुरु गर्न आवश्यक छ । नयाँ तरिकाबाट टिमलाई तयार गर्ने बिषयमा विचार गर्न आवश्यक छ । नयाँ योजना बनाउन आवश्यक छ । टिमलाई नयाँ तरिकामा देख्न केही बिशेष क्षेत्रमा परिवर्तनको आवश्यक छ । रोहित यसका लागि राम्रो विकल्प हुन सक्छन्’ ती अधिकारीले भने ।

भारतीय टिम विश्वकपको सेमिफाईनलमा न्युजिल्याण्डसंग १८ रनले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो । भारतीय ब्याट्सम्यानले सबै भन्दा धेरै रन बनाएका थिए । उनले ९ खेलमा कुल ६ सय ४८ रन बनाएका थिए । कोहलीले ९ खेलमा ४ सय ४३ रन बनाए ।

प्रकाशित मितिः   ३१ असार २०७६, मंगलवार ११:२०