बाढीमा बेपत्ता भएका दुई जनाको शव फेला

डोल्पा, २९ असार । डोल्पामा शनिबार आएको वर्षासँगैको बाढीमा परी  बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

मुड्केचुला गाउँपालिका-१ को काशिल खोलामा शनिबार दिउँसो आएको बाढीमा बेपत्ता भएकी चन्द्राकुमारी सार्कीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

बाढीमा परी बेपत्ता भएका अर्का धनराज बोहोराको शव शनिबार रातिनै भेटिएकाे थियो ।

प्रकाशित मितिः   २९ असार २०७६, आईतवार १२:५९