वेस्टइन्डिजले उचाल्यो टि–२० विश्वकपको उपाधि

काठमाडौं, २१ चैत । टि–२० विश्वकप क्रिकेटको उपाधि वेस्टइन्डिजले जितेको छ । आइतवार राती भएको फाइनलमा इंगल्याण्डलाई ४ विकेटले पराजित गर्दै वेस्टइन्डिजले उपाधि हात पारेको हो ।
पहिले टस जितेर वेस्टइन्डिजले फिल्डिङको निर्णय लिएपछि  ब्याटिङमा उत्रेको इङ्ल्यान्डले  पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो । १ सय ५६ रनको लक्ष्य पच्छ्याउँदै ब्याटिङ्गमा उत्रिएको वेस्टइन्डिजले अन्तिमर ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो । 
अन्तिम ओभरमा १९ रन चाहिने अवस्थामा ब्याटिंगमा आएका वेस्टइन्डिजका कार्लोस ब्राथवेटले लगातार ४ छक्का हानेपछि २ बल बाँकी छँदै वेस्टइन्डिजले विजय पाएको हो । वेस्ट इन्डिजका लागि मार्लन स्यामुएल्सले ८५ रन जोडे । यो जितसँगै वेस्ट इन्डिज दुई पटक टि ट्वान्टी विश्वकप जित्ने पहिलो टिम बनेको छ । 
पहिले ब्याटिङमा उत्रेको इङ्ल्यान्डलाई वेस्टइन्डिजले सुरुबाटै दबाबमा राखेको थियो । पहिलो दुई ओभरमै इङ्ल्यान्डका दुई विकेट लिदैं वेस्टइन्डिजले प्रभाव जमाएको थियो । इङ्ल्यान्डका दुबै ओपनरहरु जोसन रोय १ र एलेक्स हल्स शून्यमै पेभेलियन फर्केपछि वेस्टइन्डिजले प्रभाव जमायो । तर, तेस्रो क्रममा आएका जोय रुटले इङ्ल्यान्डको उद्धार गरे । उनले ३६ बलमा ५४ रन बनाएपछि इङ्ल्यान्ड धरासायी हुनबाट जोगियो । उनी आउट भएपछि आएका इयान मोर्गन केबल ५ रनमा आउट हुँदा त्यसपछिका जोस बट्लरले २२ बलमा ३६ रन बनाए । त्यसपछि आएका बेन स्ट्रोक्स १३ रनमै पेभेलियन फर्के । मोइन अली शून्य रनमा आउट हुँदा इङ्ल्यान्ड धर्मरायो । त्यसैगरि क्रिस जोर्डनले १३ बलमा १२ रन बनाए । त्यसैगरी डेभिड विक्लेको नाममा २१ रन रह्यो । अन्तिमक्रममा तीन ब्याट्सम्यान दोहोरो स्कोर गर्न चुके ।
वेस्टइन्डिजका लागि ड्यारेन ब्राभो र कार्लाेस ब्राथवाएटले ३÷३ विकेट लिए । स्यामुअल बद्रीको नाममा दुई विकेट रह्यो ।