संघको साधारणसभा
बिसौनी संवाददाता
सुर्खेत, २१ चैत ।
नेपाल परिवार नियोजन संघ सुर्खेत शाखाको ३६ आंै वार्षिक साधारणसभा आइतवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सभामा संघका सचिव प्रतापजंग थापाले सन् २०१५ मा एक करोड १७ लाख ७० हजार पाँच सय ७९ रूपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ केन्द्रीय महासचिव मनोजप्रसाद उप्रेतीले आर्थिक अभावका कारण संघले आवश्यकता अनुसार स्थानीयस्तरमा कार्यक्रमहरू पु¥याउन नसकेको बताए । उनले २०१६ बाट आफ्नो रणनीतिक योजना फेरबदल गर्ने र विधान संशोधन गरेर प्रदेशिक संरचना अनुसार योजनाहरू तयार गरिने बताए । कार्यक्रममा केन्द्रीय सदस्य दीलिपकुमार वाग्लेले संघमा युवा लक्षित कार्यक्रमहरू आवश्यक रहेकाले आगामी दिनहरूमा संघले पहिलो प्राथमिकता युवा कार्यक्रमहरू ल्याउनुपर्ने बताए ।
शाखाका अध्यक्ष देवप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल परिवार नियोजन जिल्ला शाखा सुर्खेतका पूर्व सभापति टेकनारायण अर्याल, नगेन्द्रप्रसाद धमला लगायत संघका साधारण सदस्य, जिल्लास्थित सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
साझा बिसौनी संवाददाता ।