सरकारविरुद्ध तरुण दलको प्रदर्शन
साझा बिसौनी संवाददाता
सुर्खेत, १३ माघ ।
नेपाली कांग्रेस निकट नेपाल तरुण दल सुर्खेतले सरकारविरुद्ध सुर्खेतमा विरोध प्रदर्शन गरेको छ । सम्झौता विपरित सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको, संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना लगायतका विरोधमा तरुण दलले सरकारको विरोध गर्दै प्रदर्शन गरेको हो ।
विरोध ¥यालीका क्रममा निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार असफल भएको तथा निर्दोषलाई दोषी ठह¥याउने षड्यन्त्र भएको, महंगी र भ्रष्टाचार लगायतको विषयमा पनि नाराबाजी गरिएको थियो । सरकारविरुद्ध नाराबाजी गर्दै तरुणका कार्यकर्ताहरूले वीरेन्द्रनगर बजार परिक्रमा गरेका थिए ।
¥याली पछिको सभामा बोल्दै तरुण दलका केन्द्रीय अध्यक्ष जगतजंग बस्नेतले वर्तमान सरकारलाई सडकबाटै फाल्ने चेतावनी दिएका छन् । उनले भने ‘सरकारले हाम्रा नेताहरूको इतिहास मेट्न लागेको छ, त्यो सरकारलाई तरणले सडकबाटै फाल्छ ।’ उनले कम्युनिष्ट सरकारले भ्रष्टाचार, महंगी मात्रै दिएको आरोप लगाउँदै उनले भने, ‘सरकारकाविरुद्ध सबै तरुण जाग्ने बेला आएको छ ।’
तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले सरकारका गलत कार्यको विरुद्ध जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताए । उनले भने ‘केन्द्रका साथीहरू ढुक्क हुनुस् । हामी सरकारको विरुद्धमा जस्तोसुकै आन्दोलन गर्न र साथ दिन पनि तयार छौं ।’ तरुणहरू लोकतन्त्रको रक्षाका लागि बलिदान दिन सधैं तयार रहेको विष्टको भनाइ रहेको थियो ।
वीरेन्द्रनगरको मंगलगढी चौकबाट निकालिएको ¥याली बजार परिक्रमा गरी स्थानीय पिपलचौतारामा गइ सभामा परिणत भएको थियो ।
साझा बिसौनी संवाददाता ।