प्रसंग अख्तियार, सन्दर्भ समृद्धि

डा. दिपक गौतम
प्रसंग र सन्दर्भ पर्यायवाची शब्दहरू भए पनि परिप्रेक्ष, उपलक्ष्य, पृष्ठभूमी शब्दहरू पनि पर्यायवाची शब्दशक्तिका रूपमा आउँदै छन् । वास्तविक अर्थ खोज्दा प्रसंगको यथार्थ अर्थ उपलक्ष्य हुन्छ । उपलक्ष्य भनेको लक्ष्यको सहयोगी वा अवान्तरित लक्ष्य हुन्छ । थुप्रै उपलक्ष्य प्राप्तीउता लक्ष्य प्राप्ती हुन्छ । लक्ष्य र सन्दर्भ समानार्थी शब्दभेदहरू हुन् । यसर्थ सन्दर्भको परिपूरकमा प्रसंग आउँछ र प्रसंगले सन्दर्भलाई सेवा गर्दछ, सहायता पु¥याउँछ र परिपुरक बन्न धर्म ग्रहण गर्दछ । यसर्थ सन्दर्भ समृद्धि हो भने प्रसंग अख्तियार हो ।
प्रसंग, कर्णाली अख्तियार भन्नाले कर्णाली प्रदेशको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको समृद्धिका लागि सदाचारको पाइलो पुननिर्माणको पाइलो भन्ने बुझ्नुपर्छ । अख्तियार भनेको हैसियत हो, पद, काम हो, जिम्मेवारी हो । जिम्मा नभएकाले गरेका सबै कामहरू अख्तियार दुरूपयोगका दृष्टान्तहरू हुन् । सभ्य नागरिकका धेरै विशिष्टतामध्ये सदाचार पूर्ण तरिकाले अख्यिारी सम्पादन गर्नु पहिलो, अनवार्य आधारभूत र अपरिहार्य गुण हो । अख्तियारको सदुपयोगले समृद्धिको यात्रालाई सकारात्मक दिशा दिन्छ अन्यथा भ्रष्टाचारले दिग्भ्रमित बनाइ अन्तत्वगत्व समृद्धिको यात्रामा तगारो हाल्छ र शान्ति, सद्भाव, सहकार्य, सदीक्षा सबै निराशामा परिणत हुन्छन् ।
अख्तियारको प्रयास र प्राप्ती
सदाचार, निष्पक्ष्ता र निर्भिकताको मूल ब्यानरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतको सक्रियतामा आयोगको २८ औं स्थापना दिवस अवसरमा आयोजित वक्तृत्वकला तथा कविता प्रतियोगिता शुक्रवार सम्पन्न भयो । हुम्ला र मुगुलाई छोडेर सबै जिल्लाबाट सहभागिता रहेको कार्यक्रममा ३३ जनाले कविता र २१ जनाले वक्तृत्वकलामा प्रारम्भिक रूपमा भाग लिएर आधा दर्जजति छानिएर त्यसमध्ये तीन–तीन जनाले सर्वोत्कृष्ट स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा कवितातर्फ माध्यमिक तहदेखि उच्च माध्यमिक तहसम्म र वक्तृतत्वतर्फ माध्यमिक तहदेखि बी.ए. सम्मका विद्यार्थीहरूले सहभागिता जनाएको सन्दर्भमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन शीर्षकमा कविता विद्या अनि भ्रष्टाचार विरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य शीर्षकमा वक्तृत्वकला प्रस्तुत भएका छन् । वक्तृत्वकलामा प्रतिप्रतियोगीलाई प्रस्तुती राख्नका लागि २० मिनेट समय दिइएको थियो । समृद्धिका लागि भ्रष्टाचारलाई मूल बाधकका रूपमा र सुशासनलाई साधकका रूपमा लिनुपर्ने अवधारणाहरू वक्ताहरूबाट आएको छ । प्रतिस्पर्धाहरूले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन अति आवश्यक रहेको महसुस गरेका छन् । सुशासन प्रबद्र्धन र भ्रष्टाचार नियन्त्रण विना समृद्ध नेपाल र सुखी नेपाली नबन्ने आसय व्यक्त गरेका छन् ।
नेपाल भ्रष्टाचारबाट मुक्त देश हैन र यसका विविध फाँटमा भ्रष्टाचारहरू छन् भनिएको छ । अधिकांश वक्ताद्वारा राजनीतिक भ्रष्टाचार नेपालको मूल समस्याका रूपमा रहेको महसुस गरेका छन् । यसका साथै शक्ति, स्रोत साधन वितरण तथा सेवा प्रवाहमा पनि भ्रष्टाचार नियन्त्रणविना पुनर्निर्माणको अर्थ नहुने कुरा पनि प्रतिस्पर्धीहरूले उठाएका छन् । कविता प्रतियोगितामा नेपालमा कर्मचारीतन्त्रमा पनि भ्रष्टाचार व्याप्त भएको कविताहरू आएका छन् । स्रष्टाहरूका अनुसार टंकप्रसाद आचार्यले भ्रष्टाचारको जरै खोज्दै जाँदा आफू दरबार पुग्दा आफ्नो प्रधानमन्त्री पद गुमेको कुरा सन्दर्भमा आए भने वरिष्ट अधिवक्ता कृष्णप्रसाद भट्टराईले नेपालका कानुन व्यवसायी ९८% भ्रष्टाचारी छन् भनेको तत्कालीन भनाइले न्यायसम्पादन निर्णय तथा कार्यान्वयनमा पनि कष्टपूर्ण मनसाय रहेको देखाएका छन् ।
वक्ताहरूले नेपाल विश्वमा १३१ औं तहको भ्रष्टाचारी मुलुक भएको प्रमाण दिँदै स्वीजरल्याण्ड नर्वेमा अतिकम भ्रष्टाचार भएको र सोमालिया, सुडान जस्ता देशमा सबैभन्दा बढी भ्रष्टाचार भएर त्यहाँका समृद्धिमा बाधा ल्याएको कुरा उठाए । यसैगरी हाम्रा छिमेकी मुलुकहरू पनि भ्रष्टाचाको जालोमा रहेकाले यहाँका प्रजातन्त्र, मानवअधिकार, नागरिक अधिकार तथा विकासकोस्तर उठ्न नसकेको देखेका छन् ।
आयोजक संस्था स्वयम्ले भ्रष्टाचार र अनुचित कार्यलाई अख्तियारको दुरूपयोगको रूपमा लिइरहेको र सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले विभागीय कारबाही तथा अभियोजन व्यहोर्ने कुरा उठाएर सुशासनको प्रत्याभूतिलाई सुनिश्चित गर्ने उद्देश्य लिएको छ । आयोजकका तर्फबाट भ्रष्टाचारले कानुनी राज्यको अन्त्य मानवअधिकार उल्लंघन, विकासमा बाधा, न्यायमा विचलन असमानता, गरिबी तथा नैतिकताहीन सदाचारिता ह्रास र इमान्दारितामा क्षय गर्ने भएकाले सुखी नेपाली र समृद्ध नेपाल बन्न नसक्ने धारणा व्यक्त भएबाट गरिबी समृद्धिको विषय हो । गरिबीको युद्धको परिणाम भयानक हुन्छ । नैतिकता, सदाचार र इमान निष्पक्षता र निर्भिकता समृद्धिका आधारस्तम्भहरू हुन् । पक्षपातपूर्ण व्यवहारले असमानता ल्याउँछ र समानता र समन्वय खान्छ । समानता र असमन्वयले प्रजातन्त्र निल्छ । प्रजातन्त्र सुशासनको स्तरीय नमुना हो । नेपालमा प्रजातन्त्र त छ सदाचार छैन, निष्पक्षता छैन । निर्भिकता झन् छैन । लाचारिपन गरेको मान्छे वा अनावश्यक आदर्शले निर्भिकता खान्छ र विकास, समृद्धिका बाधा पर्छ ।
सहभागीहरूद्वारा आरोप लाग्दैमा आरोप–आक्षेप सत्य नहुने कुरा उठाउँदै अमेरिकामा लागाइएका महाअभियोगहरू सबै सही प्रमाणीत नभएको कुरा उठाउँदै हामी सबैलाई आरोप करार गर्न पनि सही नभए त्यहाँ पनि भ्रष्टाचार हुने भएकाले तौलिएर मात्र आरोप लगाउन आग्रह गरेका छन् भने नेपालको सर्वोच्च अदालतलाई भ्रष्टाचारी भएको कुरा उल्लेख गरे । उनीहरूका अनुसार अख्तियारले मुद्दा लगाउने अदालतले आरोपीलाई जिताउनाले सम्यसमाज बन्न सकेको छन् भने स्वयम् अख्तियार पनि सर्वश्रेष्ट बन्नुपर्ने जिकिर गरेका छन् ।
यसरी विभिन्न जिल्लाबाट सचेत समूहमध्येबाट युवा विद्यार्थीहरूद्वारा भ्रष्टाचार र सुशासनका बारेमा एउटा सुनिश्चित अवधारणा पुनर्निर्माण गर्न महत्वपूर्ण अवसर मिलाउने क्रममा प्रतिदिन दुई हजारसम्मका युवाका विदेश पलायन, राजनीतिक भ्रष्टाचारको परिणाम हो भने यसलाई संस्थागत गराउने काम वीरशमशेरबाट भयो त्यसपछिका देवशमशेर बाहेक सबै शासकबाट भएको छ । यही दृष्परिणाम हो स्वीजरल्याण्ड बैंकका नेपाली बत्तीस अर्ब नेपाली कालोधनको सञ्चिति । यसका साथै प्रतियोगिताद्वारा सुर्खेतको शिक्षाक्षेत्र सबैभन्दा भ्रष्टाचारीको लेखोटमा छ भने सल्यान कर्णालीमा सबभन्दा कम । सुर्खेत शिक्षा क्षेत्रले सुर्खेतीलाई कालो टिका लगाइदिएको छ भन्ने अर्थ खुल्दछ । शिक्षा जस्ता प्रदीप्तमान क्षेत्रमै कालो ग्रहण शुभसंकेत हैन हामी शिक्षा क्षेत्रका व्यक्तित्वका लागि र सुर्खेत विकास इण्डेक्सका लागि अर्को महŒवपूर्ण उपलब्धी भनेको आपसी जनपहिचान र व्यक्तित्व प्रदर्शन पनि हो ।
आयोजनाले भ्रष्टाचार नभएको इतिहास देश, काल, वातावरा रहनेछ भन्ने नकारात्मक शिक्षा दिइरहँदा यहीबाट हामी सबैले व्यक्तिगत, संस्थागत र भावनात्मक, सदाचार अपनाउन दिगो शिक्षा दिएको छ । यसबाट अपराध, घृणा, हिंसा, बलात्कार, अन्याय, घमण्ड, दुव्र्यवहार जस्ता गतिविधिले भ्रष्टाचार बढाउँछन् भन्ने शिक्षा पनि मिलेको छ । यसले राष्ट्र, राष्ट्रियता, समाज, समाजमा सबैभन्दा महŒवपूर्ण अति आवश्यक र वास्तविकता हो भन्ने शिक्षा दिदै नागरिकलाई आदर्शको पुनर्निर्माणको वातावरण मिलेको हुनुपर्छ ।
अन्धविश्वास, रुढता र संकीर्णताले मानवताको संरक्षण, नियन्त्रण र प्रवद्र्धन गर्दैन त्यहाँ पनि व्यक्तिगत संस्थागत, नीतिगत भ्रष्टाचारहरू हुन्छन् भन्ने समाजशास्त्रीय आधार बनेको छ । यहाँबाट समृद्धिको जग सदाचारले भ्रष्टाचार हैन । भ्रष्टाचार नीहित स्वार्थ हो । निहीत स्वार्थले पेसालाई साध्य मान्छ र मानवतालाई साधन मान्छ भन्दै, संवेदनहीन मानवता निर्माणले समृद्धिको ढोका खोल्दैन भन्ने अर्थ लाग्दै, विशाल, विराट, विश्वरूप समृद्धि नै नेपालीको समृद्धि र सुखी नेपालीको जग हो भन्ने अर्थ खुल्छ ।

प्रकाशित मितिः   १० माघ २०७५, बिहीबार १६:१५