मध्यपहाडी लोकमार्गको राजनीतिक अर्थशास्त्र
डा.दिपक गौतम
जसरी राजनीतिक भूगोल भन्नाले राजनीतिक क्षेत्र, सीमा, जिल्ला आदिको संकेतलाई प्रष्ट्याउने भूगोललाई जनाएझै राजनीतिक अर्थशास्त्रले राजनीतिक उत्पादन, उपभोग, तितरण, विनिमयसँग सम्वद्ध प्रत्येक्ष र अप्रत्यक्षलाई संकेत गर्दछ । हिजोआज राजनीतिक अर्थशास्त्र बहुप्रचलित, बहुप्रयोगिक र बहुविमर्शित विषयवस्तु हुँदैछ । राजनीति संविधान महŒवको रणनैतिक विषय हो । राजनीतिको मूलमा अर्थशास्त्र रहेको छ । अर्थशास्त्र मानव जीवनको प्रायोगिक शास्त्र हो ।
हर मानव आर्थिक क्रियाकलापबाटै अगाडि बढिरहेको हुन्छ । साक्षरता र निरक्षरताले आर्थिक क्रियाकलापलाई रोक्दैन । हो, साक्षरताले गतिविधि बढाउन, सकारात्मक बनाउन, दिशा दिन सक्छ । नेपालको अर्थव्यवस्था प्राकृतिक स्रोत सोधन, हावापानी र वनस्पति, वनसाधन, भूमि व्वस्थापन, ऊर्जा, जलस्रोत, खनिज र पीउने पानी तथा मानव संशाधनमा आधारित छ । यी सबैको विकासका लागि जल, थल र हवाई मार्गको विकास पहिलो शर्त हो । यसर्थ सडक विकास अर्थ विकासको पहिलो आधार हो भने सडक विकासको आधार श्रम, पूँजी र प्रविधि हो । सडकको विकासमा धेरै सम्भावनाहरू रहेका हुन्छन् ।
पाँचथर जिल्लाको सीमावर्तीबाट सुरु भइ बैतडीको झुलाघाटसम्म विस्तारित प्रस्तुत राजमार्ग झण्डै एक हजार सात सय किलोमिटर भन्दो लामो छ । थुप्रै मोहोडा, उचाइ, घटाइका कारण लामो मानिएको राजमार्गलाई हजार किमिभन्दा छोटो बनाउने भावी योजना भएकाले वर्तमान स्वरूप परिवर्तन हुने सम्भावना छ । यस राजमार्गले १० वटा पाटन साँफेबगर, राकम, चौरजहारी, बुर्तिवाङ लगायत १० वटा आधुनिक सहरको निर्माण गर्ने सम्भावना दिएको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएका सहरहरू पाँचथर, धनकुरा, भोजपुर, खोटाङ, रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चौक नुवाकोट, धादिङ, गोर्खा जिल्लाहरूलाई एउटै मालामा गाँस्नेछ यसरी नै तनहुँ, पोखरा, पर्वत, बागलुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी र वैतडी जस्ता जिल्लाहरू जोड्नेछ ।
ती १० वटै सहर निर्माण तीव्रता पाउने मात्र छैनन्, आजको १५ वर्षपछि १० वटा सुविधा सम्पन्न सहर निर्माण भएपछि यस क्षेत्रका पहाड तथा हिमालका जनताहरू सेवा र सुविधाका लागि ठूला–ठूला काठमाडौं, वीराटनगर, पोखरा, वीरगन्ज, चितवन, बुटवल, नेपालगन्ज, धनगढी जस्ता सहरमा जाने छैनन् । यतिमात्र हैन लोकमार्गले छोएका नगरपालिका र गाउँपालिकाबाट बसाइँ सर्ने मानिसको प्रवाहलाई रोक्ने छ । ठूल्ठूला अत्याधुनिक पुलहरू निर्माण हुन जाने छन् । नदीको किनारामा प्रस्तावित सहर खुर्कोट, बुर्तिवाङ र साँफेबगर, चौरजहारी, राकम कर्णाली नदी तटबन्धनका कार्यक्रमबाट स्थानीय जनताले रोजगारी पाउने छन् । सडक, खानेपानी, खुलामैदान, बसपार्क, आधुनिक बस्ती, विद्यालय, कलेज अस्पताल, तरकारीबजार, औद्योगिक क्षेत्र लगायत धेरै पूर्वाधार विकास हुन जानेछ । प्रत्येक सहरको जनसख्ंया एक लाख पुग्ने अनुमान गरिएको छ । खासगरी उत्तर–दक्षिणतिर गएका, त्रिदेशीय कर्णाली, कोशी, गण्डकी, महाकाली, करिडोरहरूले लोकमार्गलाई क्रमविन्दु बनाउँदा करिडोरहरूले मध्यपहाडी लोकमार्गले करिडोरको निर्माणमा तीव्रता ल्याउनेछन् । यसले लागत घट्न गइ उत्पादन बढ्न सक्छ ।
लोकमार्गको निर्माणले पहाडी जिल्लाको विकटता, दूरगमन, कठिनाईलाई न्यूनीकरण गरी नेपाली कूल ग्रार्हस्थ उत्पादन बढ्न जानेछ र विशाल क्षमताका जलस्रोत गृहहरूको निर्माण भनेकै समयमा हुन सक्नेछ । यसले सडक सञ्जाल, विद्युत सञ्जाल लगायत थुप्रैको कनेक्टिभिटी बढाउनेछ । सडकको विकासले वस्तुतः गास, बास, कपास, स्वास्थ्य, सुरक्षा मनोरञ्जनका सेवा तथा उत्पादनशील बोनसको श्रम बजारको पहुँच बढाइ बाह्य तथा अर्थिक कनेक्टिभिटी बढाउनसक्छ र राष्ट्रिय एकीकरणलाई सघाउन सक्छ । यसका साथै निर्माण काई सम्पन्न भएपछि रोजगारी तथा औद्यौगिक उत्पादनको बाढावालाई सकारात्मक गति दिन सक्छ । आर्थिक, संस्कृति, सामाजिक, पारिवारिक, शैक्षिक विकास भइ मध्यपहाडी जिल्लाका फलफूल, कृषि, खनिज भाषा, कला साहित्य तथा मनोविज्ञानको निर्माण गर्नसक्छ ।
मध्यपहाडी लोकमार्ग नेपाली श्रमजीवि जनताका जीवनरेखा हो । विकासका दृष्टिले सबैभन्दा पछि परेको कर्णाली प्रदेशको सबैभन्दा ठूलो भाग ओगटेकोले कर्णालीको वैदैशिक लगानी अभिवृद्धि गर्नसक्छ । अर्कातिर नेपालीको भावनात्मक विकासमा महŒवपूर्ण योगदान गर्नसक्छ । यहाँ मध्यपहाडी लोकमार्गको पूर्वी रुकुमको सीमानादेखि पश्चिमी रुकुमको सीमाना चौरजहारी भेरी किनारासम्मको निर्माणाधिन खण्डले बोकेको निकटतम सम्भावनालाई उठाउने र टिप्ने प्रयास गरिएको छ ।
झण्डै एक सय ३५ किलोमिटर लामो उक्त सडकखण्ड पूर्वमा रिकाको धुरी पन्चासेबाट प्रवेश गरी चौरजहारीको भेरी नदीको निर्माणाधीन अत्याधुनिक पुलबाट सकिन्छ । वारी जाजरकोट जिल्लाको प्रसिद्ध कुदुटार छ । पारी चौरजहारी । यी दुई टार नेपालकै ठूला टारहरू हुन् । तल अनवरत रूपमा बगि आएको र खेर गइरहेको भेरीको विशाल जलराशी लिफ्ट सिँचाइ सुविधाद्वारा सम्पन्न गरेपछि रुकुम र जाजरकोट कृषिमा आत्मनिर्भर हुन गइ नेपालको परनिर्भरता घट्न सक्छ ।
मुसिकोट नगरपालिकाको साख चयारीको लेकका केही घुम्ती बाहेक, प्रस्तुत लोकमार्ग खण्ड कम घुम्ती भएको नदी समानान्तर बगेको लोकमार्ग हो । रिकाको हावापानी हिमाली हो, चौरजहारीको उपोष्ण हावापानी, करिब चुरे पहाडको हावापानी । यसर्थ प्रस्तुत खण्ड नेपालकै सर्वाधिक जैविक विविधता सम्पन्न खण्ड हो । जैविक विविधता अध्ययनका लागि सम्भवतः एसियाकै यो खण्ड सम्पन्न खण्ड हो । यसले थुप्रै इको अध्ययतालाई आकर्षित गर्ने ल्याकत राख्द छ । हावापानी, जडिबुटी, चराचुरुङ्गी, जलचर, रुखविरुवामा सर्वसम्पन्न खण्ड लोकमार्गको सबैभन्दा महŒवको विषय हो । विश्वकै प्रसिद्ध दारपाटन शिकार आरक्ष, सिस्ने हिमाल, रुकुम कमल दह, सानी भेरी, स्यार्पुताल शीतलपोखरी यसै खण्डको वरपरका छिमेकमा परेका हुनाले पर्यापर्यटन ¥याफ्टिङ लगायत थुप्रै पर्यटकीय संमावग बाकेको छ ।
नदीका किनारै किनार लोकमार्ग गुज्रिएकाले नदीजन्य गिट्टी, बालुवा, ढुङ्गा, रोडा, चट्टान सबैभन्दा बढी र प्रचूर मात्रामा रहेकोले प्रस्तुत खण्ड निर्माणमा शीघ्रता र न्यून लागतमा बन्ने हैसियत छ । जति पनि नदीजन्य पदार्थ निकटम रहेकाले निर्माण लागत कम हुने थुप्रै सूचकांकहरू उपलब्ध छन् । प्राकृतिक स्रोत साधनको विवेकपूर्ण उपयोग गरी यिनमा आधारित उद्योगको संभावना सकारात्मक छ ।
नदीको किनारमा मात्र बगेर हैन, प्रशस्त खोलानाला, झरना तथा तातोपानीका मुहानका सदाबहार प्रवाहका कारण यस खण्डलाई विश्वमै सफा, सुग्घर, टलकिने, कञ्चन तथा आकर्षक खण्ड बनाउन सकिनेछ । यस खण्डलाई प्रतिदिन सफा पानीले धुन सकिनेछ र विदेशी तथा स्वदेशी पर्यटकको सडकप्रतिको आकर्षण बढाउन सकिनेछ । पूर्वमेचीदेखि पश्चिम महाकाली आउजाउ गर्ने मानिसको मनलाई लोभ्याउने सम्भावना छ ।
नदीसँगै समानान्तर रूपमा पश्चिम लागेको खण्डमा जलक्रिया, जलप्रतिस्पर्धा गर्न सकिनेछ । तले नदीमा नौकाविहार माथि सडकमा कार प्रतिस्पर्धा, आकाशमा प्याराग्लाइडिङ, उच्च भू–भागमा खेलकुद यस खण्डले बोकेका भविष्यका सम्भावनाहरू हुन् । यसका साथै खाममगर भाषी भूमे र पुथा गाउँपालिकाको विशिष्ट भाषा, साहित्य, संस्कृति, धर्म, चार्डवाड, रीतिरिवाज, कला, बस्ती र जीवनशैली, नेपालकै सर्वसम्पन्न र विशिष्ट श्रीसम्पत्ति हो । यसले हजारौंको मन लोभ्याउन सक्छ ।
यहाँको बाँडा बस्ती, खर्क, लेक, बेसी, टार र गल्छी उपलब्धिहरू हुन् । रुकुमकोटको कमलतालका उत्पादन कमल, कमल टिप्ने कला विश्वकै दुर्लभ कला हो । यहाँको सुन्दरता राराभन्दा कम छैन । सञ्चारको पहुँच नहुनाका कारण सौदर्यता बाँकी भागसँग परिचित छैन । जलजला, हिमाल, रूपसे पहाड, नागबेली नदी, रुकुमकोटको विशिष्ट बनावट, बाउन्न पोखरी त्रिपन्न टाकुरी, मुसीकोटका दहहरू पुरातात्विकता अनि विभिन्न भेषभूषाले मध्यपहाडी लोकमार्ग र रुकुम विशेषको खण्डलाई अनुपम र अद्वितीय बनाएका छन् ।
साझा बिसौनी संवाददाता ।