प्रदेश संयोजकमा सिंजाली

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ मंसिर ।
कृषि विकास बैंक कर्मचारी संगठन नेपाल कर्णाली प्रदेशको संयोजकमा चन्द्रकुमार सिंजाली चयन भएका छन् । संगठनको सोमवार वीरेन्द्रनगरमा सम्पन्न एकता भेलाले सिंजालीको संयोजकत्वमा १० सदस्यीय प्रदेश कमिटी चयन गरेको हो ।
जसको सह–संयोजकमा शान्तिप्रसाद रिजाल छन् भने सदस्यहरूमा सुमन रिजाल, चन्द्रमा आचार्य, बालाराम खराल, कमलप्रसाद अधिकारी, इश्वरबहादुर थापा, निरकबहादुर सामजाली, यज्ञप्रसाद पौडेल र प्रेमप्रकाश जैशी रहेका छन् । भेलाले कर्णाली प्रदेशका सम्पूर्ण जिल्लामा जिल्ला प्रतिनिधिहरू पनि तोकेको कमिटीका सचिवालय सदस्य सुमन रिजालले जानकारी दिए ।
रिजलाका अनुसार एकता भेला कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त भेलामा कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्का, कृषि विकास बैंक कर्मचारी संगठनका केन्द्रीय संयोजक मोहित खनाल, सह–संयोजक हेमेन्द्र अर्याल, सचिवालय सदस्य अनिल सुवेदी, कृषि विकास बैंक क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक रामचन्द्र आचार्य लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ४ मंसिर २०७५, मंगलवार १५:५०