रिक्सा चालकलाई सचेतना

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ कार्तिक ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेत र छिन्चु ट्राफिक प्रहरी पोष्टले अटो रिक्सा चालकहरूलाई ट्राफिक नियम पालना सम्बन्धी जानकारी तथा सचेतना अभियान सञ्चालन गरेको छ ।
पछिल्लो समय अटो रिक्सा दुर्घटना बढ्न थालेपछि सवारी चेकजाँच तथा सचेतना कार्यक्रममा तीब्रता दिइएको प्रहरी नायव निरीक्षक दिपेन्द्रकुमार केसीले जानकारी दिए । सुर्खेतको भेरीगंगा नगरपालिका–९ जहरे बजार र गुर्भाकोट नगरपालिका आसपासमा चल्ने अटो रिक्साका चालकहरूलाई ट्राफिक नियम पालना सम्बन्धी जानकारी तथा सचेतना अभियान चलाएको हो ।
एक महिनायता भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकामा अटोरिक्सा दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ र २० जना भन्दा बढी घाइते भएका छन् ।