वातावरण सुधार सहकारी पुरस्कृत
साझा बिसौनी संवाददाता
सुर्खेत, २८ साउन ।
विपन्न समुदायमा लघुउद्यमशीलताको विकास र विस्तार कार्यमा महŒवपूर्ण योगदान पु¥याएवापत वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था पुरस्कृत भएको छ । वीरेन्द्रनगर ८, सुर्खेतमा रहेको वातावरण एक लाख रूपैयाँ नगदसहित पुरस्कृत भएको हो ।
स्वावलम्वन विकास केन्द्र काठमाडौंले आफ्ना देशभरीका साझेदार संस्थाहरूमध्ये कर्णाली प्रदेश जस्तो आर्थिक, सामाजिक तथा सांस्कृत रूपले पछाडि परेको प्रदेशमा लघुवित्त कार्यक्रमको माध्यमबाट विपन्न वर्गलाई लघुउद्यमी बनाइ गरिबी न्यूवीकरणमा अतुलनीय भूमिका निर्वाह गरेको भन्दै यसवर्ष लघुउद्यमशीलता विकास पुरस्कारबाट पुरस्कृत गरेको हो । स्वावलम्वन विकास केन्द्रको सत्ताइसौं वार्षिक उत्सवको अवसरमा प्रदान गरिएको उक्त पुरस्कार वापत वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले एक लाख रूपैयाँ नगद तथा ताम्रपत्र प्राप्त गरेको छ ।
उक्त पुरस्कार प्रदान गर्दै कार्यक्रमका नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रको गरिबी न्यूनीकरण गर्न लघुवित्त संस्थाहरूको महŒवपूर्ण भूमिका रहने बताए । उनले विपन्न वर्गको उत्थानको लागि सधैं क्रियाशील रहन लघुवित्त संस्थाहरूलाई आग्रह गरे । पुरस्कार ग्रहण गर्दै वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यले कर्णाली प्रदेशमा रहेर सिंगो देशभरीका लघुवित्त संस्थाहरूमध्ये उत्कृष्ट संस्थाको रूपमा पुरस्कृत हुने अवसर पाउँदा खुशी लागेको भन्दै आगामी दिनमा विपन्न वर्गको आर्थिक, सामाजिक तथा सांस्कृत अवस्थालाई माथि उकास्न अझ बढी जिम्मेवार बनाएको प्रतिक्रिया दिए ।
साझा बिसौनी ।