विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकहरुबीच वार्ता चल्दै

सुर्खेत २४ चैत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारी र अान्दोलनरत प्राध्यापकहरुबीच अहिले वार्ता भइरहेको छ । प्राध्यापकहरुले विश्वविद्यालय प्राज्ञिक परिषदको बैठक अवरुद्ध गरेपछि सहमतिका लागि होटलमा नै दुवै पक्षबीच वार्ता सुरु भएको हो ।

वार्तामा विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइराला, रजिस्ट्रार डा महेन्द्रकुमार मल्लसहित प्राध्यापकका प्रतिनिधिहरु सहभागि छन् । पदाधिकारीहरुलाइ घेराबन्दी गरी परिषद वैठक अवरुद्ध पारेका प्राध्यापकहरु अहिले पनि वैठक स्थलमा धर्नामै छन् ।

प्रकाशित मितिः   २४ चैत्र २०७२, बुधबार १०:४७