दसैँमा घर पुग्नै मुश्किल
सुर्खेत: मानिसहरूको भिडभाड बढेको छ । जता हे¥यो त्यतै मानिसहरूकै ताँती देखिन्छ । कोही लाइनमा उभिएका छन्, कोही यताउता दौडिरहेका छन् । कोही कसैलाई पर्खिरहेका छन् भने कोही हतारमा देखिन्छन् । यो दृश्य हो, वीरेन्द्रनगर बसपार्कको हो ।
केही दिनयता बसपार्कको दृश्य नै बदलिएको छ । दसैँ नजिकिएसँगै यात्रुहरूको चाप ह्वात्तै बढेको छ । दसैँ मनाउन घर फर्किनेहरूको भिडले बसपार्कमा बेग्लै रौनक छाएको छ । यद्यपि, यही रौनकबीच यात्रुहरूलाई सास्ती पनि भएको छ । कतिले टिकट नै पाएका छैनन् । टिकटै लागि बसपार्क धाइरहनु परेको उनीहरूको गुनासो छ ।
रोजगारीका लागि दैलेखको महाबु गाउँपालिकाबाट सुर्खेत झरेकी लक्ष्मी थापा टिकट काट्नका लागि आइतवार नै बसपार्क पुगेकी थिइन् । तर दिनभर बसपार्कमा बिताएकी उनले टिकट पाइनन् । सोमवार एकाबिहानै पुनः बसपार्क पुगेपछि मात्रै गाउँ जाने गाडीको टिकट उनको हातमा प¥यो । ‘आइतवार टिकट नपाएर दिनभर बसपार्कमा बित्यो’ बसपार्कमै भेटिएकी उनले सुनाइन्, ‘सोमवार टिकट लिएर बसेको गाडी अलि ढिला जाने रहेछ पर्खनुपर्यो ।’
लामो समय लाइनमा बिताएपछि मात्रै टिकट पाउन सफल भएको बसपार्कमा नै भटिएका प्रकाश न्यौपानले सुनाए । उनी सल्यान जानका लागि बसपार्कमा भटिए । उनले भने् ‘अघिल्लो दसैँमा घर गएको थिएँ, एक वर्षपछि आज जाँदैछु । दसैँ मनाउन तर टिकट पाउनै सास्ती बेहोर्नुपर्यो, जे गर्न पनि समस्या नै समस्या छ ।’ सुर्खेतमा बसेर पढ्दै गरेकी ज्ञानु विष्ट पनि आफ्ना दिदीबहिनीसहित कालीकोट जान सामान लिएर बसपार्कमा बसेकी थिइन् । ‘शनिवार टिकट काटेर सोमवार घर जानको लागि आएको हुँ’ उनले भनिन्, ‘कलेज छुट्टी भयो, अब तिहारसम्म गाउँमै भइन्छ ।’ दुई दिनअघि नै टिकट काटेको भएपनि सजिलै सीट नपाइएला कि भनेर सोमवार बिहान ७ बजे नै बसपार्कमा आएर बसेको विष्टले सुनाइन् । उनले भनिन्, ‘आफूले टिकट काटेको सीटमा अरु नै बसिदिँदा समस्या हुन्छ । त्यसैले बिहानै बसपार्क आएको छु, गाडी कतिबेला जान्छ ठेगान छैन ।’
घटस्थापनासँगै यात्रुको चाप बढेको छ । यात्रुको चाप बढ्दा टिकट काट्नसमेत घण्टौँ कुर्नुपर्ने अवस्था सिर्जना भएको छ । अध्ययन, जागिर र व्यवसायको लागि जुम्ला, कालीकोट, दैलेख, मुगु, डोल्पा, हुम्ला, रूकुमपश्चिम, सल्यान, जाजरकोटलगायतका जिल्लाका नागरिकहरू सुर्खेतमा रहेका छन् । रोजगारीका लागि भारत र अध्ययनका लागि विभिन्न जिल्ला पुगेका विद्यार्थीहरूको घुइचो पनि उत्तिकै देखिन्छ ।
घटस्थापनासँगै यात्रुको चाप बढेको छ । यात्रुको चाप बढ्दा टिकट काट्नसमेत घण्टौँ कुर्नुपर्ने अवस्था सिर्जना भएको छ । अध्ययन, जागिर र व्यवसायको लागि जुम्ला, कालीकोट, दैलेख, मुगु, डोल्पा, हुम्ला, रूकुमपश्चिम, सल्यान, जाजरकोटलगायतका जिल्लाका नागरिकहरू सुर्खेतमा रहेका छन् । रोजगारीका लागि भारत र अध्ययनका लागि विभिन्न जिल्ला पुगेका विद्यार्थीहरूको घुइचो पनि उत्तिकै देखिन्छ । जाजरकोट जान हिँडेका नविन शाहीले गाडीको टिकट पाउन सकेका छैनन् । उनी सोमवार सुर्खेत बसपार्कमा भेटिएका थिए । ‘सबै गाडीमा यात्रु भरिभराउ छन् । घर पुग्न गाडी नै पाइएको छैन’ उनले भने, ‘मंगलवारको टिकट पाइयो भने लिनुपर्ला ।’ बिहानैदेखि जाजरकोटका लागि धेरै गाडी छुटेपनि सिट नहुँदा जान नपाइएको उनले सुनाए ।
बसपार्कमा विशेष गरि दैलेख र कालीकोटको टिकट काउन्टरमा यात्रुको भिड बढी नै थियो । सबै भन्दा बढि दैलेख जाने यात्रुहरू हुने गर्दछन् । सुर्खेतबाट दैलेखका विभिन्न ठाउँका लागि नियमित रूपमा दैनिक २८ वटा बस छुट्ने गर्दछ । तर दसैँको बेलामा थप गाडीको व्यवस्था गरिएको काँक्रेविहार यातायातका इञ्चार्ज इश्वर थापाले बताए । ‘आइतवार र सोमवारदेखि घर जाने यात्रुहरूको भिड छ,’ उनले भने, ‘नियमित क्यु भन्दा बाहेक प्रत्येक रूटमा १०–१२ वटा गाडी थप गरिएको छ । मध्यपश्चिम यातायातले पनि यात्रुको सहजताका लागि थप गाडीको व्यवस्था गरेको छ ।
प्रकाशित मितिः २७ आश्विन २०८३, मंगलवार ०५:०५

साझा बिसौनी ।