कर्णाली राजमार्ग अवरुद्ध
सुर्खेत: पहिलो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार शनिवार साँझ करिब ६ः२० बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरोका कारण उक्त सडकखण्डमा सवारीसाधन आवतजावत रोकिएको छ ।
कर्णाली राजमार्ग तथा कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम उच्च रहेकाले सावधानी अपनाएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । वर्षा भइरहेका बेला सडक माथिबाट पहिरो, ढुंगा तथा लेदो खस्ने सम्भावना रहेकाले जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन तथा सडकको अवस्था बुझेर मात्र यात्रा सुरु गर्न जिल्ला प्रहरी कार्यालय कालीकोटले अनुरोध गरेको छ । रातिको समयमा यात्रा नगर्न समेत अनुरोध छ ।
वर्षातको समयमा विभिन्न स्थानमा पहिलो जाँदा कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ । बर्सेनि दोहोरिने यो समस्याका कारण यो राजमार्गमा गुड्ने सवारी साधन र यात्रुले सास्ती बेहोर्ने गरेका छन् ।
प्रकाशित मितिः २१ भाद्र २०८३, आईतवार ११:०५
साझा बिसौनी ।