कालीकोट र रूकुम सेमिफाइनलमा

सुर्खेत: कालीकोट र रूकुम पश्चिम कर्णाली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ को विजेताको रूपमा कालीकोट र उपविजेताको रूपमा रुकुमले अन्तिम चारमा आफ्नो स्थाना पक्का गरेका हुन् ।

सोमवार भएको खेलमा रूकुमले पश्चिमले जुम्लालाइ २५ रनले हरायो । वीरेन्द्रनगर मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको रूकुमले ६ विकेटको नोक्सानीमा एक सय ५१ रन बनाएको थियो । जसमा अरविन्द घर्ती मगरले ३९, विजय पुनले ३०, रामकृष्ण परियार र नवीन विकले १८÷१८ रन जोडे । जुम्लाका मनोज भारतीले दुई विकेट लिए भने सन्दिपजंग शाही, नवीन बुढा, दीपेश गौतमले समान एक÷एक एक विकेट लिए ।

एक सय ५२ रनको चुनौति जुम्लाले पूरा गर्न सकेन । जुम्लाका ओपनर सन्दिपजंग शाहीले अर्थसतकीय पारी खेल्दै ७८ रन जोडे पनि अन्य ब्याटरले साथ दिन नसक्दा पराजित हुनुप¥यो । यो जितसँगै रुकुम सेमिफाइनल पुगेको हो ।

सोमवार नै भएको समूह चरणको अर्कोे खेलमा सल्यानले मुगुलाइ ६ विकेटले हरायो । कालुङचोक मैदानमा टस जितेर पहिला ब्याटिंङ रोजेको मुगुले २० ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्रै बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको सल्यानले जम्मा ९.१ ओभर आफ्ना ६ विकेट सुरक्षित राख्दै सहज रूपमा लक्ष्य भेट्टायो ।

प्रकाशित मितिः   १६ असार २०८३, मंगलवार ०५:०१