पार्टी पुनर्गठन गर्न सुझाव

सुर्खेत: कर्णाली प्रदेशबाट नेकपा (एमाले) का नेता–कार्यकर्ताले पार्टी पुनर्गठनको आवाज उठाएका छन् । चुनावी समीक्षा तथा पार्टी पुनगंठन सुझाव संकलन कार्यादलले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा नेतृत्व परिर्वतनको आवाज उठेको हो ।
उक्त कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले सुझाव राखेका छन् । जसमा धेरैले पुनर्गठको पक्षमा मत राखेको जनाइएको छ । केहीले भने अहिले नेतृत्व परिवर्तन गर्न नहुने समेत बताएका छन् । संकटको बेलामा नेतृत्वको रक्षा गरेर अघि बढ्नुपर्ने मत पनि सुनिएको छ ।
नेकपा एमाले पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रमका एमालेका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेललगायतका नेताहरू कर्णाली आएका हुन् । सोही कार्यक्रमस्थलबाट उपाध्यक्ष पौडेल भने पक्राउ परेका छन् ।
प्रकाशित मितिः ९ असार २०८३, मंगलवार १८:०९
साझा बिसौनी ।