पिपलबोटको स्थापना दिवस

सुर्खेत: पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले २४औँ स्थापना दिवस मनाएको छ । विभिन्न कार्यक्रम गरेर दिवस मनाइएको सहकारीले जनाएको छ ।

भैरव ज्येष्ठ नागरिक समाजलाई फलफूल तथा अन्य सामग्री प्रदान गरिएको छ । त्यसैगरी भैरव माध्यमिक विद्यालयमा अध्ययनरत गरिव तथा जेहन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण तथा सहकारी शिक्षा प्रदान र संस्थाका शेयर सदस्यहरूलाई बिमा रकम हस्तान्तरण गरिएको छ । यसैगरी आर्थिक वर्ष २०८२÷०८३ को अवधिमा मृत्यू भएका पाँच जना सदस्यका परिवारका हकवालालाई राहत पनि हस्तान्तरण गरिएको छ ।

संस्था स्थापनाको २४औँ वर्षसम्म पुग्दा संस्थाको कुल वासलात २८ करोड ९० लाख रहेको र कुल बचत २३ करोड ३८ लाख पुगेको छ । संस्थामा हाल तीन हजार ५४ जना शेयर सदस्य तथा आठ सय ८६ जना बाल बचतकर्ता छन् ।
स्थापना दिवस कार्यक्रम संस्थाका अध्यक्ष बलबहादुर सार्कीको अध्यक्षाता भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव गणेशमान खनालले गरेको संस्थाका प्रबन्धक रमेश खनालले जानकारी दिए ।

प्रकाशित मितिः   ४ असार २०८३, बिहीबार १०:४३