साझा बिसौनीकर्मी योगी पुरस्कृत

सुर्खेत: साझा बिसौनी दैनिकका संवाददाता रजनी योगी पुरस्कृत भएकी छिन् । वीरेन्द्रनगर नगरपालिकाको ५०औं स्थापना दिवसको अवसरमा योगीसहित सुर्खेतमा क्रियाशील सात जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुने अन्य पत्रकारहरूमा प्रकाश अधिकारी, मधुवन बिसी, ओम शाही, विवसकुमार सेजुवाल, रमा केसी र यज्ञ खत्री छन् । वीरेन्द्रनगरलाई कर्मथलो बनाएर पत्रकारिताका माध्यमबाट सञ्चार क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनीहरूलाई पुरस्कृत गरिएको जनाइएको छ ।

स्थापना दिवस समारोहमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले नगद रकम र कदरपत्रले सम्मान गरेका हुन् ।

२०३३ सालमा स्थापना भएको वीरेन्द्रनगरले शुक्रवार आफ्नो ५०औं वार्षिकोत्सव भव्य समारोहकाबीच मनाएको छ । कर्णाली प्रदेशको ठूलो र राजधानीको मुकाम पालिका रहेको वीरेन्द्रनगर पश्चिम नेपालमा उदाउँदो सहरका रूपमा विकास भइरहेको छ ।

प्रकाशित मितिः   २६ बैशाख २०८३, शनिबार ०५:०१