वातावरणको अभिमुखीकरण

सुर्खेत: वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सोमवार आफ्ना सञ्चालक समिति तथा अन्य विभिन्न उपसमितिहरूका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

माघ २५ गतेदेखि सुरु भएको दुई दिने अभिमुखीकरण कार्यक्रम तीन चरणमा सञ्चालन हुने संस्थाका कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद भट्टराईले वातावरणले संस्थामा आवद्ध जनशक्तिहरूको लागि समय–समयमा विभिन्न किसिमका तालिम गोष्ठीलगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको र सोही अनुसार सञ्चालक समिति तथा विभिन्न उपसमितिका पदाधिकारीहरूका लागि क्षमता अभिवृद्धि एवम् सहकारीसम्बन्धी ज्ञान, सीप र धारणाको विकास गर्ने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताए ।

संस्थाको शिक्षा तथा तालिम उपसमितिका सदस्य बालकृष्ण खरेलको अध्यक्षतामा सम्पन्न दुई दिने अभिमुखीकरण कार्यक्रममा संस्थाका करिब ३२ जना पदाधिकारीहरूको सहभागिता रहेको थियो भने किरण थापा, किरण बस्नेत, श्यामलाल न्यौपाने र देवेन्द्र सेजुवालले सहजीकरण गरेका थिए ।

 

प्रकाशित मितिः   २७ माघ २०८२, मंगलवार ११:११