माघ १८ मा प्रदेश सभाको अधिवेशन
सुर्खेत: कर्णाली प्रदेशसभाको अधिवेशन माघ १८ गतेदेखि सुरु हुने भएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते दिउँसो १ बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
सभाको बैठक भने वैकल्पिक स्थानमा गरिने भएको छ । जेन–जी आन्दोलनका क्रममा आगजनी भएको प्रदेशसभाको पुनर्निर्माण कार्य सम्पन्न नभएका कारण नयाँ स्थानमा बैठक सञ्चालनका लागि तयारी भइरहेको छ ।
प्रदेशसभा सचिवालयका अनुसार वीरेन्द्रनगरस्थित गणेशचोकमा रहेको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रको सभा हलमा बैठक बस्ने तयारी गरिएको छ । यो भवन प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको हो । प्रदेशसभा परिसरभित्रकै काम चलाउनका लागि बनाउन थालिएको भवन समयमा बन्न नसक्ने भए पछि उक्त प्रशिक्षण केद्रको हलमा सभा बसाल्ने तयारी भएको हो ।
गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा कर्णाली प्रदेश सभा भवन आगजनी गरिएको थियो । प्रदेशसभा सचिवालय परिसरभित्रै अस्थायी सभा हल निर्माणका लागि काम सुरु भएको थियो । तर सम्पन्न हुन समय लाग्ने भएपछि वैकल्पिक स्थान खोजिएको हो ।
प्रकाशित मितिः १० माघ २०८२, शनिबार १२:५८
साझा बिसौनी ।