चार सय केन्द्र अति संवेदनशील
सुर्खेत: कर्णाली प्रदेशका चार सय ४१ मतदान केन्द्रलाई अति संवेदनशील मानिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश प्रहरी कार्यालयले कर्णालीका एक हजार चार सय ३७ मतदान केन्द्रमध्ये तीन सय एकलाई सामान्य र ६ सय ५१ लाई संवेदनशील सूचीमा राखेको छ ।
प्रदेश प्रहरी प्रमुख डिआईजी माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनमा सुरक्षाका लागि प्रदेशभर १४ हजार सात सय १९ जना प्रहरी परिचालन गर्ने तयारी भइरहेको छ । ‘दुर्गम र हिमाली जिल्ला मात्र नभएर जहाँ अलि प्रभावशाली नेताहरू निर्वाचनमा उठेका छन् त्यहाँ अलि चुनौती नै हुन्छ,’ उनले भने, ‘यसपटक सबै मतदानस्थल सरकारी कार्यालयमा राख्ने तयारी गरेका छौँ ।’ मतदान केन्द्रमा सिसिटिभी राख्ने योजना पनि भइरहेको उनले बताए ।
डिआईजी श्रेष्ठले कर्णालीका कतिपय स्थानमा सडकको अवस्था राम्रो नहुँदा समस्या निर्वाचन गराउन र मतपेटिका ल्याउन हुन सक्ने समस्यालाई मध्यनजर गरी तयारी भइरहेको बताए ।
प्रकाशित मितिः ९ माघ २०८२, शुक्रबार १८:०७
साझा बिसौनी ।