संसदीय दलको नेतामा शाही

सुर्खेत: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा मंगलबहादुर शाही चयन भएका छन् । शनिवार बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई दलको नेता चयन गरेको हो ।
दलको नेताका लागि प्रदेशसभा सदस्य विन्दमान विष्ट, दुर्गाबहादुर रावत र मंगलबहादुर शाहीले दाबी गरेका थिए । तीनै जनाले आफ्नो दाबी नछोडेपछि ध्वनि मतले बहुमतको आधारमा शाही दलको नेतामा चयन भएका हुन् । दलको नेताका लागि शुक्रवारको बैठमा रणसिंह परियार र कृष्णबहादुर जिसीको पनि दाबी परेको थियो । तर शनिवारको बैठकमा परियार र जिसीले सहमतिका लागि भन्दै दाबी छोडेका थिए ।
तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनुअघि राजकुमार शर्मा माओवादी केन्द्रको संसदीय दलका नेता थिए । गत मंसिर १७ गते दलको नेताबाट राजनीतामा दिएर उनी जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल लोकतान्त्रिक पार्टीमा लागेका थिए । त्यसपछि नेकपाले नयाँ संसदीय दलको नेता चयन गरेको हो ।
प्रकाशित मितिः ४ माघ २०८२, आईतवार ११:४९
साझा बिसौनी ।