इन्ट्याग्रीटी आइडल -२०१७ को मनोनयन खुल्ला

सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले हरेक वर्ष प्रदानगर्ने इन्ट्याग्रिटी आइडल २०१७को मनोनयन खुला भएको छ । नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मानगर्न ल्याबले सन् २०१४ देखि सुरु गरेको इन्ट्याग्रिटी आइडलका लागि यस वर्षको १६जनवरी २०१७ बाट चार महिनाका लागि मनोनयन खुल्ला गरिएको छ ।

यहि जेष्ठ ३१ सम्म खुला रहनेमनोनयनका लागि आमनागरिकलाई आफुलाई चित्तबुझेका राष्ट्रसेवकलाई मनोनयन गर्न आह्वान गरिएको छ । उदाहरणिय भूमिका निर्वाह गर्ने राष्ट्रसेवकलाई आम नागरिकले सम्मानको लागि मनोनयन गर्न सक्नेछन् । इन्ट्याग्रिटी आइडलको आधिकारीक वेवसाईट www.integrityidol.org बाट डाउनलोड गरेर पनि मनोनयन फारम भर्न सकिने जनाइएको छ । मनोनयन गरीएका फारमहरु मिति २०७४ साल जेष्ठ ३१ गते भित्र [email protected] मा ईमेल गरी पठाई सक्नुपर्ने आयोजकले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय संयोजक रहने निर्णायक मण्डलमा पूर्र्व सचिव जीवनप्रभा लामा, ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालका भरतबहादुर थापा र पूर्व विज्ञान तथा प्रविधीमन्त्री गणेश शाह रहनेछन् ।
विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात स्वतन्त्र निर्णायक मण्डलले तयगरेको मापदण्डका आधारमा प्रतिस्पर्धिमध्येबाट अन्तिम पाँचको छनोट गरिने छ । अन्तिम पाँचमध्ये सर्वोत्कृष्ट अर्थात् इन्ट्याग्रीटी आइडलको छनोट भने एसएमएस र वेभसाईटबाट प्राप्तजनताको मतको आधारमा निर्णय गरिने छ । सबै भन्दा बढि मत प्राप्त गर्नेलाई विजेता घोषणा गरिने छ । सम्मान कार्यक्रममा पाँचै जनालाई प्रशंसापत्रर ट्रफी सहित सम्मान गरिने छ ।

यसका बारेमा जानकारी दिन सुर्खेतमा भोली विहीवार सेमिनार हुने जनाइएको छ ।

प्रकाशित मितिः   १० जेष्ठ २०७४, बुधबार १९:३१